यस्तो धेरै पटक हुन्छ । भर्खरै गरिएको कुराकानी, गतिविधि वा केही कुरा राखेर बिर्सिने वा चिडचिडापन महसुस हुने । सामान्यतया यसको कारण शरीरमा पोषणको कमी हो । तर यदि तपाई बढ्दो उमेरसँगै यस्ता समस्यासँग बारम्बार सामना गर्नुहुन्छ भने यो अल्जाइमर रोगको संकेत हुनसक्छ ।अल्जाइमर एक गम्भीर मानसिक रोग हो, जसमा व्यक्तिको स्मरणशक्ति कमजोर हुनेलगायतका समस्या देखा पर्छन् । जसका कारण मानिसहरु साना साना कामहरु गर्न पनि बिर्सन्छन वा उनीहरुलाई याद नै हुँदैन । यसका साथसाथै यस्तो अवस्थामा व्यक्तिको सोच्ने क्षमता पनि कम