प्रचण्डमुक्त देश अहिलेको आवश्यक्ता : मन्त्री साह

 रौतहट ।सहरी विकास मन्त्री प्रभु साहले प्रचण्डमुक्त पार्टी र नेपाल अहिलेको आवश्यक्ता रहेको बताएका छन् । तत्कालिन माओवादी द्वन्द्वकालदेखि नै ३० वर्ष पार्टीको अध्यक्ष रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ निरंकुश भइसकेको मन्त्री साहले जिकिर गरेका हुन् । उनले पटक–पटक बोली फेर्ने प्रचण्ड प्रतिगमनकारी र प्रधानमन्त्री केपी शर्मा ओली अग्रगमनकारी रहेको उनले टिप्पणी गरेका हुन् ।कुनै पनि काम अगाडी बढाउने उद्देश्य बोकेकाहरु अग्रगमनकारी र कुनै बहानामा काम अवरुद्ध गर्ने तत्त्व प्रतिगमनकारी भए