४ खर्ब ६८ अर्ब बराबरको विप्रेषण आप्रवाह

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा विप्रेषण आप्रवाहमा गिरावट देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा यस अवधिमा विप्रेषण आप्रवाह ५.५ प्रतिशतले कमी आई चार खर्ब ६८ अर्ब ४५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.२ प्रतिशतले कमी […]

सम्बन्धित सामग्री

तीन महीनामा ३० प्रतिशतले बढ्यो विप्रेषण आप्रवाह

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तीन महीनामा विप्रेषण आप्रवाह ३० प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाहमा भएको उल्लेख्य वृद्धिका कारण चालु खाता तथा शोधनान्तर स्थिति बचतमा राख्न सहयोग पुगेको छ ।  चालु आर्थिक वर्षको तीन महीनामा चालु खाता रु. ५९ अर्ब ९ करोड र शोधनान्तर स्थिति रु. ९९ अर्ब ७ करोडले बचतमा छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता रु. ३५ अर्ब २४ करोडले घाटामा र शोधनान्तर स्थिति रु. १२ अर्ब ४३ करोडले बचतमा थियो ।  शोधनान्तर स्थितिमा आएको सुधारका कारण विदेशी विनिमय सञ्चितिमा पनि सुधार भई २०८० असोज मसान्तमा रु. १६४३ अर्ब ९ करोड पुगेको छ, जुन करीब १०.३ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । चालु आर्थिक वर्ष ०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको पूर्णपाठ

विप्रेषण आप्रवाह २१.२ प्रतिशतले बढ्यो, श्रम स्वीकृति लिने पनि बढे

काठमाडौं । आर्थिक वर्ष (आव) २०७९/८० मा विप्रेषण आप्रवाह २१.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आव २०७९/८० मा विप्रेषण आप्रवाह १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले बढेर ९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो । गत वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४०.३ प्रतिशतले वृद्धि भई ४ लाख ९७ हजार ७०४ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३९२.० प्रतिशतले बढेको थियो। त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १.८ प्रतिशतले कमी आई २ लाख ७७ हजार २७२ पुगेको छ । अघिल्लो वर्ष यो संख्या १९८.५ प्रतिशतले बढेको थियो ।

विप्रेषण आप्रवाह बढेको राष्ट्र बैंकको तथ्यांक

काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९-८० को फागुनसम्ममा विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको जानाएको छ। समीक्षा अवधिमा विप्रेषण आप्रवाह २५.३० प्रतिशतले वृद्धि भएर ७९४ अर्ब ३२ करोड पुगेको छ। यसैगरी, अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.३० प्रतिशतले घटेको थियो । केन्द्रीय बैंकले देशको वर्तमान अर्थिक तथा वित्तिय स्थिति बारे विज्ञप्ति जारी गर्दै अमेरिकी […]

पाकिस्तानमा विप्रेषण आप्रवाह ३१ महीनायताकै न्यून स्तरमा

काठमाडौं । विदेशी मुद्रा सञ्चिति सुक्दै गइरहेको समयमा पाकिस्तानको दुःख झनै थपिएको छ । गएको महीना त्यहाँ विप्रेषण आप्रवाह २ खर्ब डलरमुनि झरेको छ । यो ३१ महीनाकै न्यून हो ।  विदेशमा काम गर्न गएका पाकिस्तानीहरूले जनवरीमा जम्माजम्मी १ अर्ब ८० करोड डलर बराबरको मात्रै विप्रेषण पठाएका छन् । विप्रेषण आप्रवाह सन् २०२० को मेयताकै न्यून हो । २०२२ को जनजरीको तुलनामा यो १३ प्रतिशत कम हो भने डिसेम्बरभन्दा १० प्रतिशत कम हो ।  अहिले पाकिस्तानलाई डलरको निकै खाँचो छ । निर्यातको तुलनामा विप्रेषणमाथिको आश धेरै भएको समयमा चालू आर्थिक वर्ष (आव)मा विप्रेषण आप्रवाह घट्दै गइरहेको छ । गएको आवको जुलाई-जनवरीमा पाकिस्तानमा कुल १७ अर्ब ९८ करोड ८० लाख डलर बराबरको विप्रेषण भित्रिएको थियो । चालू आवको सोही अवधिमा आप्रवाह १६ अर्ब डलर मात्रै छ ।अर्थात् यो चालू आवको पहिलो ७ महीनामा १ अर्ब ९८ करोड २० लाख डलर मूल्य बराबरको विप्रेषण आप्रवाह गुमेको छ । अहिले पाकिस्तान सरकार कर्जाको साँवा र ब्याज भुक्तानीमा असफल भएर डिफल्टमा जाने अवस्था रोक्न बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोषसँग जसरी भएपनि वित्तीय उद्धारबापतको १ अर्ब २० करोेड डलर बराबरको किस्ता लिन संघर्षरत छ ।  विनिमय दरको कृत्रिम व्यवस्थापनका कारण विप्रेषण आप्रवाहमा त्यति ठूलो कमी आएको भन्दै अर्थशास्त्री र विश्लेषकहरूले स्टेट बैंक समेतको सरकारको वित्तीय टोलीलाई दोष दिइरहेका छन् । डलरको तुलनामा पाकिस्तानी रुपयाको भाउमा आएको तीव्र कमी रोक्न सरकारले सो कदम चालेको थियो । तर, यसका कारण खुला बजार र अन्तरबैंक बजारमा विनिमय दरमा ठूलो अन्तर हुँदा उल्टो असर देखियो ।  सबैभन्दा ठूलो विप्रेषण बजार साउदी अरबबाट चालू आवको पहिलो ७ महीनामा पाकिस्तानमा ३ अर्ब ८९ करोड २० लाख डलर विप्रेषण आएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५ दशमलव १ प्रतिशत कम हो । बेलायत र संयुक्त अरब इमिरेट्सबाट आउने विप्रेषण प्रवाह पनि क्रमशः ६ दशमलव ४ प्रतिशत र १५ दशमलव २ प्रतिशतले घटेको छ । खाडी देशहरू र ईयूको विप्रेषण आप्रवाह पनि समीक्षा अवधिमा क्रमशः ९ प्रतिशत र १० प्रतिशतले घटेको छ । समीक्षा अवधिमा अमेरिकाबाट आउने विप्रेषण मात्रै बढेको छ । त्यो वृद्धि पनि २ दशमलव ८ प्रतिशत मात्रै छ । एजेन्सी

१० खर्ब सात अर्ब ३१ करोडको विप्रेषण भित्रियो

काठमाडौँ । आर्थिक वर्ष २०७८/७९ मा १० खर्ब सात अर्ब ३१ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । यो कूल चार दशमलव आठ प्रतिशत बराबरको वृद्धि भएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । केन्द्रीय बैङ्कले सो आवको आज सार्वजनिक गरेको विवरणअनुसार अपेक्षितरुपमा नै विप्रेषण आप्रवाह भएको हो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह नौ दशमलव आठ […]

पाँच महिनामा विप्रेषण आप्रवाह ६.८ प्रतिशतले घट्यो

प्रमुख श्रम गन्तव्यमा देखिएका अनेकन अवरोधका कारण विप्रेषण आप्रवाहमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनाको विवरणमा विप्रेषण आप्रवाह ६.८ प्रतिशतले घटेको...

विप्रेषण आप्रवाह घट्यो

काठमाडौं, (नेस) । चालू आर्थिक वर्षको चार महिनाको अवधिमा विप्रेषण आप्रवाह ७ दशमलव ५ प्रतिशतले कमी आई ३१२ अर्ब ४२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११ दशमलव २ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७ दशमलव ८ प्रतिशतले कमी आई २ अर्ब ६३ करोड पुगेको छ । […]

७.६ प्रतिशतले घट्यो रेमिटान्स

चालु आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा विप्रेषण आप्रवाह ७.६ प्रतिशतले कमी आएको छ ।  असोजमा २ खर्ब ३९ अर्ब ३२ करोड रुपैयाँ विप्रेषण आप्रवाह कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।  अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.७ प्रतिशतले कमी आई २ अर्ब २ करोड कायम भएको छ ।  अघिल्लो वर्ष यस्तो आप्रवाह ७.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिन...

विदेश जाने बढे पनि साउनमा घट्यो विप्रेषण आप्रवाह

असोज ७,  काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महीनामा विप्रेषण आप्रवाह घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको चालू आवको विवरणअनुसार गत साउन महीनामा विप्रेषण आप्रवाह १८ दशमलव १ प्रतिशतले कमी आई ७५ अर्ब ९६ करोड रुपैयाँ कायम भएको छ ।             अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७ दशमलव ५ प्रतिशतले कमी आई ६३ करोड ८२ लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४ दशमलव ५ प्रतिशतले बढेको थियो ।             सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्यरुपमा वृद्धि भई १३ हजार ८०० पुगेको छ ।अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ९९ दशमलव २ प्रतिशतले घटेको थियो ।             त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २८६ दशमलव १ प्रतिशतले वृद्धि भई ११ हजार ६२८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ८० प्रतिशतले घटेको थियो ।             सो अवधिमा खुद ट्रान्सफर आय १६ दशमलव ४ प्रतिशतले कमी आई ८५ अर्ब २१ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २० प्रतिशतले बढेको थियो । रासस

यस्तो छ वैदेशिक व्यापार, विप्रेषण आप्रवाह र शोधनान्तर स्थिति

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा वैदेशिक व्यापार, आप्रवाह र शोधनान्तर स्थितिबारे प्रस्ट पारेको छ । सार्वजनिक मौद्रिक नीतिमा ‘आर्थिक वर्ष २०७७/७८ मा निर्यात ४४.४ प्रतिशतले बढेर रु.१४१ अर्ब १२ करोड र आयात २८.७ प्रतिशतले बढेर रु. १,५३९ अर्ब ८४ करोड’ पुगेको उल्लेख छ ।त्यसैगरी यस अवधिमा वस्तु व्यापार घाटा २७.३ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह ९.८ प्रतिशतले वृद्धि भई रु. ९६१ अर्ब ५ करोड पुगेको छ । आर्थिक वर्ष २०७६/७७ मा चालु खाता घाटा रु. ३३ अर्ब ७६ करोड र शोधनान्तर