पिसिआर रिपोर्टका आधारमा कैदीबन्दी भेट्न निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले पिसिआर परीक्षणको रिपोर्ट देखाएर कैदीबन्दी भेट्न पाउने वातावरण निर्माण गर्न निर्देशन दिएका छन् । गृह मन्त्रालय र सो मातहतका विभिन्न विभागको कार्य, योजना र कार्यान्वयनको प्रगती समिक्षा कार्यक्रम आज उनले कोरोना सङ्क्रमणसँगै रोकिएको कैदीबन्दी भेटघाटलाई स्वास्थ्य मापदण्ड र पिसिआर रिपोर्टको आधारमा भेट्ने वातावरण बनाउन निर्देशन दिएका हुन् । गृहमन्त्री खाणले मन्त्रालयले सरकारको उपस्थिती प्रभावकारीरुपमा देखाउनुपर्ने भएकाले प्रविधिको उच्चतम प्रयोगमार्फत विभागलाई थप सक्रिय बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

सम्बन्धित सामग्री

बाल सुधारगृहमा कोरोनाको संक्रमण फैलियो

उमेर नपुगेका कैदीबन्दी राखिएको विराटनगरस्थित बाल सुधारगृहमा कोरोना संक्रमण फैलिएको छ ।बाल सुधारगृहका २५ जना बालकमा कोरोना संक्रमण देखिएको हो । ५० जनाको पिसिआर परीक्षण गर्दा उनीहरुमा कोरोना देखिएको विराटनगर महानगरपालिकाले जनाएको छ । सुधारगृहमा क्षमताभन्दा धेरैलाई राखिएको छ । ५० जना क्षमता भएको सुधारगृहमा १ सय ९३ जना बालक छन् । गत जेठ २ […]

क्षमताभन्दा तेब्बर कैदीबन्दी भएको मोरङ कारागारका दुईजनामा कोरोना संक्रमण

क्षमताभन्दा तेब्बर कैदीबन्दी राखिएको मोरङ कारागारका दुईजनमा कोरोना देखिएको छ । पिसिआर परीक्षण गराउँदा १४