खनाल–नेपाल पक्षको दोस्रो दिनको बैठक– वार्ताको नाममा पार्टीलाई कहिलेसम्म गतिहीन बनाउने ?

विकसित राजनीतिक घटनाक्रमको समीक्षा र भावी रणनीति बनाउन कारवाहीमा परेका नेकपा एमालेका नेता झलनाथ खनाल र माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुको भर्चुअल बैठक शुक्रवार पनि बसिरहेको छ । दोस्रो दिनको बैठकमा बोल्ने सदस्यहरुले पनि वार्ताको नाममा पार्टीलाई लामो समयसम्म गतिहीन बनाउन नहुने बताएका छन् ।  दोस्रो दिनको बैठकको शुरुमा मन्तव्य राखेका राजेन्द्र पाण्डेले अब जेठ २ मा फर्किएर पनि समाधान नहुने बताए । ‘जेठ २ मा फर्किदैमा सबै समस्या समाधान हुने भए यो बीचमा सरकारले गरेका मनपरी, दुई दुइ पटक सम्म संसद विघटन...