एमाले अधिवेशन : कञ्चनपुरका तीन स्थानीय तहमा सर्वसम्मत, ६ मा अन्यौल

कञ्चनपुर : नेकपा(एमाले)को जारी स्थानीय तह अधिवेशनअन्तर्गत कञ्चनपुरका तीन स्थानीय तहमा मात्रै सर्वसम्मत नेतृत्व चयन भएको छ। नौ स्थानीय तहमध्ये बेलौरी नगरपालिका, शुक्लाफाँटा नगरपालिका र लालझाडी गाउँपालिकामा मात्रै सोमवार सर्वसम्मत नेतृत्व चयन भएको हो।बेलौरीमा बाबुराम न्यौपानेको अध्यतामा नगर कमिटी चयन भएको छ। शुक्लाफाँटामा भक्तराज जोशी र लालझाडीमा ओम प्रकाश रानाको नेतत्वमा कमिटी चयन भएको छ।अन्य स्थानीय तहमा नेतृत्वका लागि आकांक्षीहरू बढी भएपछि सहमति जुट्न सकेको छैन। यद्यपि‚ मंगलबार साँझसम्म ६

सम्बन्धित सामग्री

बैतडीमा एमाले अधिवेशन : नेतृत्वमा महिला र दलित शून्य

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनअन्तर्गत जिल्लाका सबै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । छ गाउँपालिका र चार नगरपालिका रहेको जिल्लाका १० पालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको  हो तर कुनै पनि पालिकामा महिला र दलितले नेतृत्व पाउन सकेका छैनन् । यसका साथै जिल्लाका ८४  वडामा पुरुषले नै नेतृत्व सम्हालेका छन् । दलित र महिलाको नेतृत्वप्रति अझै पनि शङ्का गर्ने प्रवृत्ति कायमै रहेकाले नेतृत्वमा शून्य देखिएको जनाइएको छ । पालिकाको अध्यक्ष पदमा महिला र दलित आउन नसके पनि अन्य

एमाले अधिवेशन : बैतडीका सबै पालिकामा सर्वसम्मत

बैतडी : नेकपा एमाले को १० औँ महाधिवेशनअन्तर्गत बैतडीका १० वटै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ।६ गाउँपालिका र ४ नगरपालिका रहेको जिल्लाका १० वटै स्थानीय तहमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको नेकपा एमाले बैतडीका सचिव तथा प्रदेशसभा सदस्य लिलाधर भट्टले जानकारी दिए।जिल्लाको दशरथचन्द नगरपालिकामा अजबहादुर पाण्डे, पाटन नगरपालिकामा ललितसिंह ठगुन्ना, पुर्चौडी नगरपालिकामा कर्णबहादुर धामी र मेलौली नगरपालिकामा राजबहादुर चन्दको अध्यक्षतामा नयाँ नेतृत्व आएको हो।यस्तै  दोगडाकेदा

एमाले अधिवेशन : भक्तपुरमा चारमध्ये तीन नगर कमिटी चयन

भक्तपुर -एमालेको नगर अधिवेशनबाट भक्तपुरका तीन स्थानीय तहमा नेतृत्व चयन भएको छ । अधिवेशनबाट चाँगुनारायण नगरपालिका, सूर्यविनायक नगरपालिका र मध्यपुर थिमि नगरपालिकामा नेतृत्व चयन भएको हो । चाँगुनारायण नगर कमिटीको प्रथम नगर अधिवेशनबाट अध्यक्षमा रामप्रसाद तिमल्सिना चुनिएका छन् । सूर्यविनायकको अध्यक्षमा रवीन्द्र सापकोटा निर्वाचित भएका छन् । मध्यपुर थिमि नगरपालिकामा अध्यक्षतामा सूर्यलाल श्रेष्ठ चुनिएका छन् […]

एमाले अधिवेशन : काभ्रेका ९ पालिकामा सर्वसम्मत, ३ वटामा अनिश्चित

काभ्रे : काभ्रेमा नेकपा (एमाले) ९ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ। ४ स्थानीय तहमा भने नेतृत्व चयन हुन सकेका छैनन्।मंगलबार काभ्रेका ५ नगरपालिका र ४ गाउँपालिकाको अधिवेशन भएको थियो।बनेपा नगरपालिकासहित ९ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भए पनि पार्टीभित्रको आन्तरिक विवाद समाधान नहुँदा रोशी गाउँपालिका, खानीखोला गाउँपालिका र बेथानचोक गाउँपालिमा अधिवेशन नै हुन सकेको छैन।खानीखोला गाउँपालिकाको केही वडाको समेत अधिवेशन बाँकी रहेको एमाले कार्यालय काभ्रेले जनाएको छ। कार्यालयका अनुसार अब ती

एमाले अधिवेशन : ताप्लेजुङका ६ पालिकामा नयाँ नेतृत्व

एक नगरपालिका र आठ गाउँपालिका रहेको ताप्लेजुङका ६ वटा स्थानीय तहमा एमालेको नेतृत्व चयन भएको छ । एउटामा मतदान प्रक्रियामार्फत र बाँकीमा सर्वसम्मत चयन भएको हो । फुङलिङ नगरपालिकामा बुधबार बेलुका अबेरसम्म निर्वाचन प्रक्रिया चलेको छ भने दुईवटा गाउँपालिकामा तिहारसम्ममा गर्नेगरी सारिएको छ । फुङलिङमा हेमन्तकुमार उप्रेती, धनेन्द्र मादेन र भरतकुमार गुरुङले अध्यक्षमा दाबी गरेका छन् ।

एमाले अधिवेशन : काभ्रेका ९ स्थानीय तहमा नेतृत्व चयन (नामावलीसहित)

नेकपा एमालेको मंगलबार सम्पन्न स्थानीय तहको अधिवेशन अन्तर्गत काभ्रेका ९ स्थानीय तहले नेतृत्व चयन गरेको छ । काभ्रेका १३ मध्ये ९ स्थानीय तहमा नेतृत्व चयन भएको हो । जसअनुसार पनौती नगरपालिकामा सुरेश हुमागाइँ, धुलिखेल नगरपालिकामा दयाराम महत, पाँचखाल नगरपालिकामा बिष्णु पौडेल, चौँरीदेउराली गाउँपालिकामा जितराम लामा, महाभारत गाउँपालिकामा जगत मोक्तान, भुम्लु गाउँपालिकामा कृष्ण मान तामाङ, तेमाल गाउँपालिकामा इन्द्रमान तामाङ,  बनेपा नगरपालिकामा रत्नकुश रन्जित र मण्डनदेउपुर गाउँपालिकामा शेरबहादुर डोट

एमाले अधिवेशन: बाँकेमा छ पालिकामा सर्वसम्मत

बाँकेमा नेकपा (एमाले) ले छ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ।

एमाले अधिवेशन : खोटाङका १० वटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन

खोटाङ : नेकपा (एमाले) स्थानीय तह स्तरीय अधिवेशनअन्तर्गत खोटाङका दशवटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको छ। दुई नगरपालिका र आठ गाउँपालिकामा मंगलबार अधिवेशन भएको हो।दिक्तेल रुपाकोट मझुवागढी नगर अध्यक्षमा गोपाल आचार्य र हलेसी तुवाचुङ नगर अध्यक्षमा डिल्ली चाम्लिङ सर्वसम्मत चयन भएका छन्। यस्तै‚ आठ गाउँपालिकामध्ये कोपिलासगढीको अध्यक्षमा खगेन्द्र राई, ऐँसेलुखर्क गाउँपालिकाको अध्यक्षमा टेकेन्द्र राजभण्डारी, रावाबेँसीको अध्यक्षमा बलराम रिजाल चयन भएका छन्।यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको

तस्बिरमा एमाले कागेश्वरी मनोहराको अधिवेशन

काठमाडौं । नेकपा (एमाले) काठमाडौं जिल्लाअन्तर्गत कागेश्वरी मनोहरा नगरपालिकाको अधिवेशन जारी छ । देशभरका ७५३ वटा स्थानीय तहमा एकैपटक एमाले अधिवेशन सुरू भएबमोजिम यहाँको अधिवेशन सुरू भएको हो । अध्यक्ष केपी शर्मा ओलीले थापाथलीस्थित केन्द्रीय कार्यालयबाट भर्चुअलरूपमा अधिवेशनको उद्घाटन गरेका छन् । आसन्न १० औं महाधिवेशनअन्तर्गत भइरहेको अधिवेशनले नयाँ नगर कमिटी चयन गर्नेछ ।

धनुषामा १ सय ७० भन्दा बढी वडामा एमाले अधिवेशन सम्पन्न

धनुषा एमालेले शनिबार १ सय ७० वटा वडामा वडा अधिवेशन सम्पन्न गरेको छ । झण्डै ४ सय वडा रहेको धनुषामा १ सय ७० वटामा  अधिवेशन सम्पन्न भएको धनुषा एमालेले जनाएको छ । अझै पनि  विभिन्न स्थानीय तहमा अधिवेशन जारी रहेको एमाले धनुषाका नेता रोशन कर्णले जानकारी दिए ।धनुषाको जनकपुरधाम, शहिदनगर नगरपालिका, सबैला नगरपालिका, धनुषाधाम नगरपालिका, मिथिला नगरपालिका, मुखियापट्टी मुसहरनीया गाउँपालिका, धनौजी गाउँपालिकालगायतका केही वडामा अहिले पनि वडा अधिवेशन जारी नै छ ।जनकपुरधामका २