सभापति देउवाद्वारा २२ आमन्त्रित केन्द्रीय सदस्यको राजीनामा फिर्ता

 नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले २२ आमन्त्रित केन्द्रीय सदस्यले दिएको राजीनामा फिर्ता गरिएका छन् । आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेलका अनुसार सभापति देउवालाई राजीनामा फिर्ता गरिदिएको बताए ।देउवाको भनाइ उद्धृत गर्दै आमन्त्रित केन्द्रीय सदस्य पौडेलले भने, 'तपाईंहरुको मागको सम्बोधन गर्नु । मैले तपाईंहरुको राजीनामा मैले फिर्ता भयो । मैले फिर्ता गरिदिए भन्नुभयो ।' शुक्रबारको केन्द्रीय समिति बैठकमा स्वतः महाधिवेशनको प्रतिनिधि हुने व्यवस्थाको माग आमन्त्रित केन्द्रीय स

सम्बन्धित सामग्री

बस्नेतको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ, २९ वैशाख । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य, पार्टीका पूर्व आमन्त्रित केन्द्रीय सदस्य पुरुषोत्तम बस्नेतको निधनप्रति दुःख व्यक्त गरेका छन् । नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा, कांग्रेसका धरोहर बस्नेतको ७८ वर्षको उमेरमा आज बिहान ४ बजे सिफल हाइट, काठमाडौँमा निधन भएको हो । सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत […]

नेकपा सरकार असफल भएपछि बाध्यात्मक अवस्थामा नेतृत्व लिनुपर्‍यो: विष्ट

नेपाली कांग्रेसका पुर्व आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टले प्रधानमन्त्री शेरबहादुर देउवाले बाध्यात्मक परिस्थितीमा सरकारको नेतृत्व लिनुपरेको बताएका छन्। उनले कांग्रेसले चाहना नहुँदा–नहुँदै लिनुपरेको बताएका हुन्।...

कांग्रेस नेता भोला चौधरीद्धारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

जनकपुरधाम, २१ मंसिर । नेपाली कांग्रेसको महासमिति सदस्य भोला चौधरीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । पुर्व आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका चौधरीले नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा मधेसी आरक्षणतर्फबाट उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनी नेपाली काङ्ग्रेसको पुर्व सांसद एवम् केन्द्रिय सदस्य राम कृष्ण यादवका निकट नेता हुन् । […]

कांग्रेस महाधिवेशनको प्रचारप्रसार समितिलाई पूर्णता

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन प्रचार–प्रसार समितिलाई पूर्णता दिइएको छ । पार्टीका प्रवक्ता एवं प्रचार–प्रसार समितिका संयोजक विश्वप्रकाश शर्माले आज १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि प्रचार–प्रसार समितिलाई पूर्णता दिएका हुन् । समितिको सदस्यमा कांग्रेसका केन्द्रीय सदस्य जीवन परियार, किरण गिरी, किरण यादव, आमन्त्रित केन्द्रीय सदस्य अभिषेकप्रताप शाह, जनकराज कलौनी र दिलीप राईलाई चयन गरिएको छ […]

काँग्रेस महाधिवेशन निर्धारित समयमै हुन्छ : डा महत

दाङ । नेपाली काँग्रेसका सह महामन्त्री डा प्रकाशशरण महतले क्रियाशील सदस्यतासम्बन्धी विवाद अन्त्य भएसँगै पार्टीको १४औँ महाधिवेशन निर्धारित मितिमै हुने अब निश्चित भएको बताएका छन् । सक्रिय सदस्यतासम्बन्धी विवादका कारण काँग्रेसको महाधिवेशन हुनेमा आशङ्का गरिएको भए पनि अब त्यो आशङ्काको अन्त्य भइसकेको उनको भनाइ थियो । काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेकी आमा यवादेवी शर्मा […]

काँग्रेस आमन्त्रित केन्द्रीय सदस्यहरुद्वारा सामूहिक राजीनामाको चेतावनी

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यहरुले पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य सरह स्वतः महाधिवेशन प्रतिनिधि आउने प्रावधान आफूहरुको हकमा लागू नभए सामूहिक राजीनामा दिने घोषणा गरेका छन् । पार्टी पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था रहेको तर आमन्त्रित केन्द्रीय सदस्य भने महाधिवेशन प्रतिनिधि हुन वडाबाटै चुनाव लडेर आउनुपर्ने प्रावधान सच्याउनका लागि दबाब दिन सामूहिक राजीनामाको घोषणा गरेको आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेयले जानकारी दिए । केन्द्रीय समितिमा हाल २२ आमन्त्रित केन्द्रीय सदस्य छन् ।

काँग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

काठमाडौं। नेपाली काँग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामाको घोषणा गरेका छन्। आमन्त्रित केन्द्रीय सदस्यलाई विधानमा अधिकार सङ्कुचित गरिएको भन्दै उनीहरूले राजीनामा दिएका हुन्। २२ जनाको तर्फबाट कृष्णकिशोर घिमिरेले संयुक्त राजीनामा पत्र सभापति शेरबहादुर देउवालाई बुझाएको कुमार खड्काले बताए। काँग्रेस विधानमा केन्द्रीय पदाधिकारी र सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था भए पनि आमन्त्रित केन्द्रीय सदस्य भने तलबाटै निर्वाचित हुनुपर्छ।

कांग्रेस पदाधिकारी बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक नबस्‍ने भएको छ । प्रतिनिधिसभा सांसद तथा आमन्त्रित केन्द्रीय सदस्य