विपद्मैत्री निर्माण नहुँदा पहिरोको जोखिम बढिरहेको छ

यतिबेला मनसुनजन्य घटनाहरू ठाउँठाउँमा घटि नै रहेका छन् । नेपालका कतिपय पहाडी क्षेत्रहरूमा पहिरोको जोखिम बढिरहेको छ । मनसुन सक्रिय भइरहँदा पहिरोको जोखिम पनि उति नै छ । मनसुन सुरु भएको एक महिनामै पहिरोका कारण २४ जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् । गृह मन्त्रालयको तथ्याङ्कअनुसार गत वर्षमात्रै पहिरोका कारण २१९ जनाले ज्यान गुमाएका छन् । […]