गण्डकीलाई ऐतिहासिक उपाधि, ज्योत्स्निका सर्वोत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले धनगढीमा सम्पन्न यू–१९ राष्ट्रिय प्रतियोगिता उपाधि जितेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा शुक्रबार फाइनलमा कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै गण्डकीले ऐतिहासिक उपाधि जितेको हो । गण्डकी प्रदेशले जितेको यो कुनैपनि पहिलो उपाधि हो । ६५ रनको लक्ष्य गण्डकीले १७.३ ओभरमा पूरा गर्यो । गण्डकीको जितमा सृजना पौडेल, […]

सम्बन्धित सामग्री

कञ्चनरूपमा व्यवस्थित बनाइँदै घरबास

सप्तरी । सप्तरीको पहिलो र प्रदेश २ को दोस्रो घरबास (होमस्टे) रहेको कञ्चनरूप नगरपालिकामा पर्यटन क्षेत्र उकास्न विभिन्न कार्यक्रम सञ्चालन गरिने भएको छ । सोहीअनुसार स्थानीयलाई होमस्टे सञ्चालन र विभिन्न किसिमका परिकार बनाउन सहयोग पुर्‍याउने उद्देश्यले चार दिने तालिम सम्पन्न भएको छ । पर्यटन मन्त्रालयको तारागाउँ विकास समिति काठमाडौंद्वारा दिइएको तालिममा ३५ जनाको सहभागिता थियो ।      होमस्टेका लागि अपनाउनुपर्ने मापदण्ड, पाहुनालाई स्वागत गर्ने तरिका, स्थानीय उत्पादित वस्तुका परिकार, अर्गानिक खाना, बासको व्यवस्था, नेपाली र थारु संस्कृति, आधुनिक परिकारबारे तालिम दिइएको प्रमुख प्रशिक्षक लीलाप्रसाद तिमिल्सिनाले बताए । उक्त अवसरमा टंकप्रसाद चापागाईं, मनोज बस्नेत, रामप्रसाद कँडेलले छुट्टाछुट्टै विषयमा तालिम दिएका थिए ।       कञ्चनरूप नगरपालिका–६ जमुवामा पर्यटकका लागि आठ वटा होमस्टे सञ्चालनमा छ । यहाँ आउनेका लागि ०७५ वैशाखदेखि खाना र बासको व्यवस्था रहेको छ । जैविक विविधतासँगै पारिवारिक वातावरणमा ग्रामीण जीवनशैलीको स्वाद चाख्न होमस्टे आउने पर्यटकलाई कसरी स्वागत तथा सत्कार गर्ने, उनीहरूलाई कस्ता परिकार खुवाउने र होमस्टेको सरसफाइ कसरी गर्नेलगायत विषयको तालिम पाएर होमस्टेले प्रदान गर्ने सेवा थप प्रभावकारी बन्ने पूर्वपिप्रा धरमपुर घोघनपुर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बच्चुलाल चौधरीले विश्वास व्यक्त गरे ।      तालिम समापन अवसरमा प्रमाणपत्र वितरण गर्दै कञ्चनरूप नगरपालिका प्रमुख वसन्तकुमार मिश्रले पर्यटनको अभिन्न अंग मानिने होमस्टेको माध्यमबाट प्राकृतिक र सांस्कृतिक रूपले सम्पन्न जमुवामा ढलानको सडक निर्माण गर्ने प्रतिबद्धता जनाए । ग्रामीण क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्दै स्थानीयलाई पर्यटन व्यवसायमा सहभागी गराई जीवनस्तरमा  सुधार ल्याउन नगरपालिकाले बजेट विनियोजन गर्ने उनको भनाइ छ ।       ग्रामीण पर्यटनमा रमाउने पर्यटकलाई सुलभ, सरल र सहज वातावरणमा स्थानीय परिकार, कला, संस्कृति र रीतिरिवाज पस्किँदै इतिहासबारे नयाँ पुस्तालाई सिकाउनुपर्ने नगरप्रमुख मिश्रले बताए ।      आत्मनिर्भर बनाई स्वदेशमै आयआर्जन गर्न र सक्षम बनाउन तालिमले ठूलो सहयोग पुगेको प्रशिक्षार्थीद्वय महेन्द्र चौधरी र हीराकुमार बिसीले बताए । तालिममा सिकेको सीप र ज्ञानलाई सदुपयोग गर्दै होमस्टेलाई नमुना बनाउने दृढता व्यक्त गरे ।      थारु सामुदायिक होमस्टे एवं थारु संग्र्रहालय स्थापना, निर्माण र विकासमा योगदान पुर्‍याएको भन्दै कोशीटप्पु वन्यजन्तु आरक्षका तत्कालीन प्रमुख संरक्षण अधिकृत रामदेव चौधरी, डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सन्तोषकुमार झा, आइडिएस नेपालका टिमलिडर छोटेलाल चौधरी, जैविक विविधता संरक्षणविज्ञ नन्दलाल माझी र पत्रकार मनोहर पोखरेललाई कार्यक्रममा सम्मानित गरियो ।      होमस्टेका अध्यक्ष विष्णुदेव चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा सप्तरी जिल्लाभरि सर्वोत्कृष्ट नगरपालिका घोषित भएकामा नगरप्रमुख मिश्र र प्रमुख प्रशासकीय अधिकत नवराज खड्कालाई सम्मान गरिएको थियो । थारु सामुदायिक होमस्टे र पूर्वपिप्रा धरमपुर घोघनपुर मध्यवर्ती उपभोक्ता समितिले उनीहरूलाई सम्मान गरेको हो ।      स्थानीय थारु अगुवाहरुले समुदायको ऐतिहासिक रहनसहन, रीतिरिवाज, कला, संस्कृति र जनजीवनलाई जीवन्त राख्न तथा जमुवालाई पर्यटकीय केन्द्र बनाउने उद्देश्यले ०७५ वैशाखमा थारु सामुदायिक होमस्टे सञ्चालनमा ल्याएका हुन् । सोही ठाउँमा ०७७ कात्तिकमा थारु सांस्कृतिक संग्रहालय भवन निर्माण भएको छ ।      आप्mनो कला, संस्कृति, भाषा, वेषभूषा अमूल्य सम्पत्ति भएको र यसको संरक्षणमा आफैं लाग्नुपर्छ भन्ने सोचले होमस्टेपछि थारु सांस्कृतिक संग्राहलय सञ्चालनको तयारी भइरहेको होमस्टेका अध्यक्ष विष्णुदेव चौधरीले बताए ।     होमस्टे क्षेत्र नजिकै अर्ना, हात्ती, साइबेरियन चरा पाइने कोशीटप्पु वन्यजन्तु आरक्ष, चन्द्रशमशेर राणाले बनाएको नेपालकै जेठो चन्द्र नहर, प्रसिद्ध धार्मिक स्थल चतरा र वराहक्षेत्र, त्रियुगा र सप्तकोशी नदी, सामुदायिक वन, चुरे क्षेत्र, कमल दहलगायत प्रसिद्ध धार्मिक स्थल रहेकाले होमस्टे र संग्रहालयलाई आयआर्जनको आधार बनाएर सांस्कृतिक हबका रूपमा विकास गर्न खोजिएको बच्चुलाल चौधरी बताउँछन् । रासस