पछिल्लो चौबिस घण्टामा कोरानाबाट २८ जनाको मृत्यु

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो चौबिस घण्टामा कोरोना भाइरस संक्रमणले नेपालमा २८ जनाको मृत्यु भएको छ। योसँगै नेपालभित्र कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ३ हजार १६४ पुगेको छ। पछिल्ला दिन कोरोना संक्रमितको संख्या बढ्न थालेपछि मृत्यु दर पनि बढ्न थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।