सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै

काठमाण्डाै - सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ । बजेट अधिवेशन भएको ५ महिनापछि आजदेखि हिउँदे अधिवेशन सुरु हुन लागेको हो । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । गएको जेठ १३ गते देखि सुरु भएको सुदूरपश्चिम प्रदेशको बजेट अधिवेशन भदौ ३१ गते सकिएको थियो । आजको बैठकमा तीनवटा विधेयक पेस गर्ने कार्यतालिका रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । यसैबीच नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहले मुख्यमन्त्री त्रिलोचन भट्टविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी गरेपछि सफल नहुने भएको छ ।...