काठमाडौंबाट चिनी उद्योगी पक्राउ

चिनी उद्योगी राकेश अग्रवाल काठमाडौंबाट पक्राउ परेका छन् । अग्रवाललाई त्रिपुरेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए । नवलपरासी पश्चिममा इन्दिरा सुगर मिल र सर्लाहीमा अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिज चिनी उद्योग उनको स्वामित्वमा रहेको छ । उनलाई ठगीसम्बन्धी उजुरीका आधारमा पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।