नेपाली- विदेशीबीचको समलिङ्गी विवाह दर्ता गर्न र भिसा दिन सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले नेपालीसँग विवाह गरेका विदेशी समलिङ्गीलाई नेपालका लागि बस्नका लागि गैर पर्यटक भिसा दिन आदेश दिएको छ।नेपाली समलिङ्गी पुरुष अधिप पखरेलसँग विवाह गरेका जर्मन समलिङ्गी तोबायस भोल्जलाई गैरपर्यटक (नाता)  भिसा दिन अस्वीकार गरेको अध्यागमन विभागका नाममा  न्यायाधीश हरि फुयाल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले यस्तो आदेश दिएको हो। गत साउनमा भोल्जे यस्तो भिसाका लागि आवेदन दिएका थिए तर अध्यागमनले उनलाई भिसा दिएको थ