एन्फाले रेफ्री निर्देशक माग्यो

अखिल नेपाल फुटबल संघ(एन्फा)ले रेफ्री निर्देशक पदका लागि विज्ञापन खुला गरेको छ । एन्फाले रेफ्रीलाई प्रशिक्षित गर्नुका साथै रेफ्रीसँग सम्बन्धित गतिबिधि सञ्चालन गर्न योग्य उम्मेदवारबाट आवदेन आव्हान गरेको हो । रेफ्री निर्देशक पदका लागि एन्फाले नौ वटा शर्त राखेको छ । योग्यता पुगेका उम्मेदवारले २५ जुलाईभित्र एन्फालाई आवेदन पठाइसक्नुपर्नेछ । एन्फाका अनुसार उम्मेदवार फुटबल सञ्चालन गर्ने सर्बोच्च निकाय फिफाको रेफ्री भएर निवृत्त भएको हुनुपर्नेछ ।