राइनास नगरपालिका : ‘सडक अतिक्रमण गरी भौतिक संरचना नबनाउनू’

लमजुङ–लमजुङको राइनास नगरपालिकाकाे सडक संरचना अतिक्रमण गरी कुनै पनि संरचना निर्माण नगर्न आग्रह गरेको छ । सडक संरचना उपयोगसम्बन्धी एक सूचना जारी गर्दै राइनास नगरपालिकाभित्र रहेका पक्की तथा कालोपत्रे सडक संरचना भित्र अतिक्रमण गरी अस्थायी, स्थायी संरचना निर्माण नगर्न सबै नगरवासीमा अनुरोध गरिएको राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले जानकारी दिनुभयो । यसैगरी, सम्भावित दुर्घटना न्यूनीकरणका लागि सडक संरचनाभित्र पशु चौपाया छाडा नछाड्न, सडकमा बालबालिकालाई नछाड्न र सडकमा खेलकुदका क्रियाकलाप...