राउटे बस्तीमा राष्ट्रियसभा अध्यक्ष, व्यवस्थित बस्ती बनाउन पहल गर्ने

 राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सुर्खेतको काल्चे पुगेर लोपउन्मुख राउटे समुदायसँग भेट तथा अवस्था अवलोकन गरेका छन् । अध्यक्ष तिमिल्सिनाले सुर्खेत र सल्यान जिल्लाको सिमानामा पर्ने गुर्वाकोट नगरपालिकाको काल्चेमा मंगलबार पुगेर राउटे समुदायको अवस्था र समस्या बुझेका हुन् । घुमन्ते राउटे बस्तीमा पुगेर अध्यक्ष तिमिल्सिनाले समुदायको संस्कृति र परम्पराको संरक्षण गर्दै बासस्थान, स्वास्थ्य, शिक्षा र आत्मनिर्भर बनाउनेतर्फ जोड दिनुपर्ने बताए । ‘सरकारले दिएको राहत वा विभिन