सञ्चालनमा आएन जनक शिक्षाको प्रार्देशिक प्रेस

पश्चिम क्षेत्रमा पाठ्यपुस्तक छपाइका लागि सरकारले २०६२ सालमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रेस बाँकेको खजुरामा स्थापना ग¥यो । साविकको मध्य र सुदूरपश्चिमका जिल्लामा समयमै पाठ्यपुस्तक पु-याउने भन्दै स्थापना गरेको प्रेस करिब डेढदशक पुग्न लाग्दासमेत हालसम्म पनी सञ्चालनमा आउन सकेको छैन । प्रेस सञ्चालनमा नआउँदा प्रदेश नम्बर ५ का साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा समयमै पुस्तक पठाउन नसक्नुका साथै राज्यको करोडौं लगानी अलपत्र अवस्थामा छ ।