कोरोना संक्रमण : फेरि उच्च गतिमा फैलिँदै

काठमाडौं । कोरोना भाइरसको संक्रमण पछिल्ला केही महीना आरालो लागे पनि फेरि उच्च गतिमा फैलिन थालेको छ । पछिल्लो २४ घण्टामा अर्थात् आइवार मात्रै एकै दिन १ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संक्रमित संख्या पछिल्लो समयकै धेरै हो । शनिवार ९ सय ४४ जना र शुक्रवार ९ सय ६८ जनामा संक्रमण पुष्टि भएको थियो । तर, आइतवार त्योभन्दा बढी संख्यामा संक्रमित थपिएका छन् । आइतवार १२ हजार ६३२ जनामा कोरोना परीक्षण गरिएको थियो । सोही अवधिमा निको हुनेको संख्या २ सय २४ जना रहेको छ भने कोरोना संक्रमणबाट २ जनाको ज्यान गएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ५५ जना रहेको छ र अहिलेको संक्रमण जोखिमको हिसाबले यो संख्या अझै बढ्ने सरकारी अधिकारीहरूको आकलन छ । अधिकारीहरूका अनुसार १ हप्ता अगाडिको भन्दा दोब्बरले बिरामी संख्या अस्पतालहरूमा बढेको छ । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकृत (सीईओ) डाक्टर भूपेन्द्रबहादुर बस्नेतले पछिल्लो १ सातामा कोरोना संक्रमण बढेको बताएका छन् । उनका अनुसार पछिल्लो समय नेपालमा संक्रमण तीव्र बढेको हो । ओमिक्रोन संक्रमण छिटो फैलिने हुँदा पछिल्लो समय संक्रमितको संख्या अस्वाभाविक रूपमा बढ्दो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा डाक्टर बस्नेतले केन्द्रीय अस्पतालले समन्वय गर्दै आएका देशभरका अस्पतालमा कोरोनाका बिरामी भर्ना हुनेक्रम बढेको जानकारी दिए । ‘कोभिड–१९ केन्द्रीय अस्पतालले उपत्यकाका १३ ओटा अस्पताल र प्रदेशस्तरका सातओटा अस्पतालसँग निरन्तर समन्वय गर्दै आएको छ । सबै अस्पतालमा कोभिडका बिरामी बढेको पाइएको छ,’ उनले भने, ‘धेरै अस्पतालमा १ हप्ता अगाडिको भन्दा दोब्बरले बिरामी संख्या बढेको छ ।’ यसैबीच, कोरोना संक्रमण रोकथामका लागि स्वास्थ्य मापदण्ड परिपालना गराउने तथा सतर्कता अपनाउने विषयमा छलफल गर्न सीसीएमसीको बैठक बसेको छ । आइतवारको बैठकमा कोरोना संक्रमण दर बढ्दै गएका बेला जनजीवनलाई कसरी सुरक्षित बनाउने भन्ने सन्दर्भमा छलफल भएको छ । अनावश्यक भीडभाड गर्न नदिने, स्वास्थ्य मापदण्ड परिपालना कडाइका साथ गराउने, खोप र पीसीआर परीक्षण दायरा बढाउनेलगायत विषयमा छलफल भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गोविन्दप्रसाद रिजालले जानकारी दिए । उनले कोरोना संक्रमण बढिरहेको अवस्थामा सबैतिर भीडभाड बढेकाले त्यसलाई व्यवस्थापन गर्ने सन्दर्भमा पनि छलफल भएको बताए । छलफलमा कोरोना संक्रमण दर बढे प्रमुख जिल्ला अधिकारीहरूले अत्यावश्यक निर्णय गर्न सक्ने निर्णय पनि भएको छ । त्यस्तै, भौतिक दूरी कायम गराउने, मास्कको अनिवार्य गर्ने, स्यानिटाजर प्रयोग गर्नेजस्ता स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्ने विषयमा पनि छलफल भएको छ । सोही सन्दर्भमा आइतवार बिहान उपत्यकाका तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले छुट्टाछुट्टै बैठक तथा छलफल गरेका थिए । त्यस क्रममा विनामास्क ओहोरदोहोर नगर्न, भीडभाड नगर्न, भौतिक दूरी कायम राख्नेलगायत निर्देशन जारी गर्नेबारेमा छलफल भएको छ । ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले पनि कोरोना सक्रमण रोकथामका लागि आवश्यक छलफल गरेका छन् । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले परिस्थितिअनुसार कडाइ गर्ने छलफल भइरहेको बताइन् । उनले भनिन्, ‘स्वास्थ्य मापदण्डमा चाहिँ सोमवारदेखि नै कडाइ गर्छौं ।’ ललितपुर प्रशासनले पनि जिल्ला जनस्वास्थ्य कार्यालय, खोप समन्वय समिति, महानगरपालिका, प्रहरी परिसरलगायतसँग छलफल गरेको छ । पहिलो चरणमा स्वास्थ्य मापदण्डमा कडाइ गरिने र संक्रमण दर तीव्र गतिमा फैलिए अन्य निर्णय गरिने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए । ‘कोरोना संक्रमणको नियमित समीक्षा गरिरहेका छौं, अहिले नै बन्दाबन्दी वा धेरै कडाइ गर्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘स्वास्थ्य मापदण्ड पालनामा भने कडाइ गर्छौं, खोप कार्यक्रमलाई पनि तीव्रता दिन्छांै ।’ उनले सीसीएमसी र स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार आफूहरूले काम गर्ने तयारी गरेको जानकारी दिए ।

सम्बन्धित सामग्री

साउनमा मात्रै १७ संक्रमितको मृत्य

काठमाडौं, साउन २०। नेपालमा ओमिक्रोन ‘बीएफाइभ’ प्रजाति देखिएसँगै कोरोना संक्रमण दर उच्च गतिमा बढिरहेको छ । पछिल्लो समय दैनिक हजारनजिक कारोना संक्रमित देखिन थालेको छ । पछिल्लो एक सातामा संक्रमण दर उच्च गतिमा बढिरहेकै बेला अहिले १५ प्रतिशत हाराहारी पुगेको छ । पछिल्लो समय कोरोना संक्रमण दर मात्रै नभई मृत्यु हुनेको संख्यासमेत बढ्न थालेको छ […]

साउनमा मात्रै १७ संक्रमितको मृत्य

काठमाडौं । नेपालमा ओमिक्रोन ‘बीएफाइभ’ प्रजाति देखिएसँगै कोरोना संक्रमण दर उच्च गतिमा बढिरहेको छ । पछिल्लो समय दैनिक हजारनजिक कारोना संक्रमित देखिन थालेको छ । पछिल्लो एक सातामा संक्रमण दर उच्च गतिमा बढिरहेकै बेला अहिले १५ प्रतिशत हाराहारी पुगेको छ । पछिल्लो समय कोरोना संक्रमण दर मात्रै नभई मृत्यु हुनेको संख्यासमेत बढ्न थालेको छ । […] The post साउनमा मात्रै १७ संक्रमितको मृत्य appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

भारतमा कोरोना फेरी बढ्याे

काठमाडौं । भारतमा कोरोना संक्रमण दर दैनिक रुपमा उच्च गतिमा बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा थप १६ हजार जना मानिसमा काेराेना संक्रमण पुष्टि भएकाे छ। अहिले भारतमा कोरोनाका कुल सक्रमितको संख्या ४ करोड ३५ लाख १८ हजार ५ सय बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ […]

कोरोना नियन्त्रणका लागि सरकारले सबै संयन्त्र परिचालन गरिसकेको छ : मन्त्री कार्की

२९ पुस, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताएका छन् । पछिल्लो समय कोरोना संक्रमण उच्च गतिमा फैँलिदै गएका बेला सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले कोरोना नियन्त्रणका लागि सरकारले सबै संयन्त्र परिचालन गरिसकेको बताएका हुन् । उनले नागरिकको जीवन रक्षाप्रति सरकार संवेदनशील रहेको बताए […]

वैदेशिक रोजगारीमाथि फेरि मडारियो कालो बादल

२८ पुस, काठमाडौं । नेपालमा कोरोना महामारीको तेस्रो लहर फैलिन शुरु भएसँगै डेढ वर्षपछि बौरिएको वैदेशिक रोजगारीको क्षेत्रमा फेरि त्रास सिर्जना भएको छ । नेपालमा उच्च गतिमा फैलिँदो कोरोना संक्रमण दरले मेनपावर व्यवसायी मात्रै हैन, विदेश जाने प्रक्रियमा रहेका श्रमिक पनि त्रसित छन् । वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठ नेपालमा महामारीको दर जति […]

कोरोनापछि ‘कटप्पा’ को स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

मुम्बइ । भारतमा कोरोना संक्रमण उच्च गतिमा बढिरहँदा अधिकांश क्षेत्र प्रभावित भएको छ । त्यसमध्ये चलचित्र क्षेत्र पनि एक हो । कोरोना संक्रमण तिव्र गतिमा फैलिएपछि कतिपय रिलिज हुन ठिक्क परेका फिल्महरु रोकिएका छन् भने कतिपय कलाकारहरु पनि संक्रमित भएका छन् । बलिउड र टलिउडमा कलाकारहरु संक्रमित हुनेको सूची लामै रहेको छ । केही दिन […] The post कोरोनापछि ‘कटप्पा’ को स्वास्थ्यमा समस्या, अस्पताल भर्ना appeared first on राजधानी राष्ट्रिय दैनिक.

कोरोनापछि ‘कटप्पा’ को स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

भारतमा कोरोना संक्रमण उच्च गतिमा बढिरहँदा अधिकांश क्षेत्र प्रभावित भएको छ ।  त्यसमध्ये चलचित्र क्षेत्र पनि एक हो । कोरोना संक्रमण तिव्र गतिमा फैलिएपछि कतिपय रिलिज हुन ठिक्क परेका फिल्महरु रोकिएका छन् भने कतिपय कलाकारहरु पनि संक्रमित भएका छन् । बलिउड र टलिउडमा कलाकारहरु संक्रमित हुनेको सूची लामै रहेको छ ।  केही दिनअघि महेश बाबु पछि ‘बाहुबली फिल्मबाट चर्चामा आएका कटप्पा अर्थात् कलाकार सत्यराज पनि कोरोना संक्रमित भएका छन् । त्यतिमात्र होइन उनको अवस्थामा सुधार नभएपछि अस्पताल भर्

अवस्था जटिल हुँदै गएको छ : स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नेपालमा कोभिड–१९ को संक्रमण उच्च गतिमा बढेकाले जटिल अवस्था सृजना भएको बताएका छन् । मन्त्री त्रिपाठीले कोरोना संक्रमण बढ्ने ट्रेन्ड जारी रहेकोले जटिल अवस्था सृजना भएको बताए । मंगलबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री त्रिपाठीले छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमणको दर उच्च रहेकोले नेपालमा संक्रमण उच्च बिन्दुमा पुग्ने क्रम जारी रहेको सुनाए । यसअघि सरकारले असार सम्ममा दैनिक ११ हजार कोरोना

कोरोना संक्रमण भयावह बन्ने चेतावनी

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सबैले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना नगरे नेपालले पनि कोरोना संक्रमणबाट गम्भीर असर झेल्नुपर्ने अवस्था आउने बताएका छन्। उनले मंगलबार भर्चुअल सम्मेलनमा दक्षिण एसियाली मुलुकमा कोरोना संक्रमण उच्च गतिमा फैलिएको र नेपालमा पनि अवस्था फरक नरहेको भन्दै संक्रमण नियन्त्रण गर्न हरेक व्यक्ति, टोल सुधार समिति, गैरसरकारी संस्था, स्थानीय तहका हरेक निकाय, प्रदेश सरकार र संघीय सरकार सबैे गम्भीर हुनुपर्ने बताए। सबैले जनस्वास्थ्य मापदण्ड अपनाए लकडाउनमा जानुनपर्ने उनको भनाइ थियो। ‘लकडाउ...

गण्डकीमा कास्की कोरोना संक्रमणको ‘रेडजोन बन्दै’

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो समय कोरोना संक्रमण तिव्र रुपमा बृद्धि भएको छ । विगतमा प्रदेशमा कोरोना संक्रमण उच्च देखिए पनि क्रमश हराउँदै गएको थियो । गण्डकी प्रदेशका ११ जिल्ला मध्ये कास्की पछिल्लो समय ‘रेड जोन’ बन्दै गएको छ । गतवर्ष कोरोना संक्रमण उच्च भएर क्रमशः घट्दै गएको अवस्थामा केही हप्तादेखि पोखरा क्षेत्रमा संक्रमण उच्च गतिमा बृद्धि भएको छ । शुक्रबार पोखरामा ८५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित सबै पोखरा महानगरपालिका भित्रका नै हुन् । क्षयरोग उपच