मतदान भइरहेका बेला खुलेरै भाजपाको समर्थनमा उत्रिइन् कंगना रणौत

उत्तर प्रदेश विधानसभा चुनावअन्तर्गत पहिलो चरणमा पश्चिमी यूपीका ५८ सीटमा मतदान भइरहेको छ ।  प्रधानमन्त्री नरेन्द्र मोदी, मुख्यमन्त्री योगी आदित्यनाथ लगायतले मतदानमा उत्साहजनक सहभागिता जनाउन अपिल गरेका छन् । अन्य व्यक्तिले समेत सामाजिक सञ्जालमार्फत मतदानका लागि प्रेरित गरिरहेका छन् । यसैबीच बलिउड कलाकार कंगना रणौत खुलेरै भारतीय जनता पार्टी (भाजपा) को समर्थनमा आएकी छन् । कलाकार रणौतले प्रधानमन्त्री मोदी र मुख्यमन्त्री योगीको फोटो राख्दै लेखेकी छन्, ‘अन्तिम जीत हाम्रै हुनेछ, यो परिणाम हो । उनलाई कसले पराजित गर्न ...