नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएर मंगलवार सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।
स्रोतका अनुसार गृहमन्त्री कांग्रेसका बालकृष्ण खाण र अर्थमन्त्री माओवादीका जनार्दन शर्मा बन्ने लगभग निश्चित भएको छ ।
यसअघि अर्थमन्त्री प्रधानमन्त्रीको पार्टीले राख्ने गरेकोमा यसपटक देउवाले अर्थ मन्त्रालय माओवादीलाई दिएका छन् ।
जनता समाजवादी पार्टी आज सरकारमा नजाने भएपछि देउवाले कांग्रेस र माओवादीका मन्त्रीलाई मात्र शपथ गराउने भएका हुन् ।
माओवादीका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिञ्चाइ...