काठमाडौँ – बाँकेको नेपालगञ्ज रंगशालाको स्तरोन्नति हुने भएको छ। आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएयता अलपत्र रहेको नेपालगञ्ज रंगशालामा सेन्थेटिक ट्रयाक निर्माणको ढोका खुलेको छ। युवा तथा खेलकुद मन्त्रालयको विशेष पहलमा अर्थ मन्त्रालयले सेन्थेटिक ट्रयाक निर्माण गर्न बजेटको स्रोत सुनिश्चित गरेसँगै रंगशालाको स्तरोन्नति हुने भएको हो। चालु आर्थिक वर्षभित्रै सेन्थेटिक ट्रयाक निर्माणको ठेक्का खोल्न मिल्ने […]