ल्होत्से मलमा लुटपाट गर्ने चारजना सार्वजनिक, छजनामाथि अनुसन्धान, अरुको खोजी जारी

काठमाडौँ महानगरपालिका–२६ गोंगबुको नयाँ बसपार्कस्थित ल्होत्से मलमा प्रवेश गरी विभिन्न पसलमा लुटपाट गर्ने व्यक्तिलाई प्रहरीले पक्राउपछि सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरी उक्त घटनामा दैलेखका चिरन रेग्मी, काठमाडौँको सामाखुसी बस्ने नविन खड्गी, रुपन्देहीका सुजन खत्री र झापाका प्रदीप बस्नेत रहेका जानकारी गराएको छ । अन्य संलग्नको खोजी कार्य जारी रहेको …