राजीव पौडेलद्वारा एन्फा अध्यक्षमा उम्मेदवारी घोषणा

असार ६ गते हुने अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनका लागि फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजीव पौडेलले सोमबार अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । राजधानीमा सोमबार एक कार्यक्रमको आयोजना गरेर पौडेलले अखिल नेपाल फुटबल संघलाई विधान र नियमसंगत तरिकाले चल्न नसकेको भन्दै पौडेलले उम्मेदवारी घोषणा गरेको बताएका हुन् ।यस अघि सोमबारै वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले प्यानलसहित उम्मेदवारी दिएका छन् भने वर्तमान अध्यक्षसँग असन्तुष्ट रहेको पंकज विक्रम नेम्वाङले शुक्रबार अध्यक्ष पदकै