चितवनका किसानको ड्रागन फ्रुट खेतीमा आकर्षण

भदौ २८, चितवन । केरा, पोल्ट्री, मौरी, तरकारीको पकेट क्षेत्र चितवनमा पछिल्लो समय ड्रागन फ्रुट खेतीमा आकर्षण बढ्दै गइरहेको छ ।  साना किसानदेखि जिल्लाका अन्य व्यवसायीहरुले पनि ड्रागन फ्रुट खेती शुरु गर्न थालेका छन् । कोरोना प्रभावका अधिकांश उद्योग व्यवसायमा असर परेको बेला विकल्पको रुपमा उनीहरु कृषि व्यावसायतर्फ हात हालेका हुन् ।  विगत ३ वर्ष यता चितवनमा करीब २५ बिघा जमिनमा व्यावसायिक रुपमा ड्रागन खेती शुरु भएको कृषि ज्ञान केन्द्र चितवनले जानकारी दिएको छ । वाग्मती प्रदेश कृषि विकास मन्त्रालयका प्रवक्ता राजन ढकालले मन्त्रालयले चितवनका लागि विशेष प्राथमिकतामा राखेर ड्रागन खेती विस्तारका लागि काम शुरु गरेको बताए ।  उनका अनुसार समूहका रुपमा १६ बिघा क्षेत्रमा ड्रागन फ्रुट खेती विस्तार भएको र अन्य व्यक्तिगत तर्फबाट साना किसानले पनि ८÷१० बिघामा खेती गरिसकेका छन् । वर्षेनी ड्रागन फ्रुट खेती गर्ने किसानको संख्या बढ्दै गएको ढकालले बताए ।  शैक्षिक उद्यमी शम्भु सुवेदी र उनको समूहले भरतपुर गौरीगञ्जमा सत्सबेदा साईन्स एण्ड एग्रिकल्चर फर्म हाउस दर्ता गरेर २ वर्षदेखि डेढ बिघा जमिनमा ५ हजार बिरुवा रोपेर यो खेती गरेका छन् । कृषि ज्ञान केन्द्रको ड्रागन पकेट कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा यो खेती शुरु गरेको उनले जानकारी दिए । हालसम्म ४० लाख रुपैयाँ लगानी भइसकेको सुबेदीको भनाइ छ ।  यो खेती स्वास्थ्यका दृष्टिकोणले धेरै फलदायी र एक पटक रोपेपछी २० वर्षसम्म फल लिन पाइने भएकाले यसबाट राम्रो लाभ लिन सकिने भएकोले यस खेतीतर्फ आफ्नो आकर्षण बढेको सुबेदीको भनाइ छ । हाल यसको बजार मूल्य प्रतिकेजी ६०० देखि ८०० सम्म रहेको बताइन्छ । यस्तै, भरतपुर महानगरपालिका वडा नम्बर २६ दिब्यनगरमा दुई दाजुभाइ पदमबहादुर गुरूङ र ताइबहादुर गुरूङले ५० लाख लगानीमा गंगाश्री बहुउद्देश्यीय कृषि फर्म खोलेर एक बिघा बढी जमिनमा ड्रागन फ्रुट खेती गरेका छन् । विदेशको रोजगारीबाट फर्केर यस खेतीको सम्भावना बढी भएकोले ड्रागन खेती थालेको उनीहरुको भनाइ छ । अन्य किसानले पनि सिको र परीक्षणको लागि पनि आफ्नो घर करेसाबारीमा समेत ड्रागन फ्रुट खेती शुरु गरेको देख्न सकिन्छ । भरतपुर महानगर २१ पार्वतीपुरका किसान नारायण प्रसाद सोतीले ५ कठ्ठा क्षेत्रफलमा आफ्नो करेसा बारीमा ड्रागन फ्रुट खेती गरेको बताए ।  खाली खेर गएको जमिन पनि सदुपयोग हुने र ड्रागनको बिचमा अन्तर बालि पनि लगाउन मिल्ने भएकाले आफूले परीक्षणका रुपमा यस पटक ड्रागन खेतीको बिरुवासँगै धानखेती गरेकोे उनले बताए । चितवनमा ड्रागन फ्रुटको लागि उपयुक्त हावापानी र माटो रहेको र यसको माग र प्रतिफल पनि उच्च रहेकोले आफूहरु यस खेतीतर्फ आकर्षित भएको किसानहरुको भनाइ छ ।  ड्रागन अहिलेसम्म परीक्षणकै रुपमा रहेको नयाँ खेती भएको र किसानहरुले आफैले विभिन्न तरिकाहरु गरेर परीक्षण समेत गर्दै आएको प्रदेश कृषि मन्त्रालयका प्रवक्ता ढकाल बताउँछन्  ।  यो खेतीका लागि पानी नजम्ने बलौटे प्रकारको माटो चाहिने र चितवनको माटोमा यो खेती राम्रो हुने देखिएकाले आफूहरुले किसानलाई अनुदान प्रदान गरेर यहाका फार्मलाई नमूना र मोडल फार्मका रुपमा विकास गर्न लागेको ढकालले बताए ।

सम्बन्धित सामग्री

सामूहिक ड्रागन फ्रुट खेती

पोखरा– सामूहिक प्रयासमा पोखरामा नमुना ड्रागन फ्रुट खेती उत्पादन गर्ने कार्य सुरु गरिएको छ । पोखरा रामघाट क्षेत्रमा हाल एउटा क्षेत्रमा व्यवस्थित ढंगले लगाइएको ड्रागन फ्रुट खेतीले पोखरामा यो पेसा अपनाउनेहरूका लागिसमेत प्रेरणाको स्रोत बन्न सक्ने भएको छ । नमुना ड्रागन फ्रुट फार्म बन्दा आफूलाई सबैभन्दा आनन्द आएको ड्रागन फ्रुट खेतीका संयोजक राजकुमारी पुनले बताइन् […]

ड्रागन फ्रुटबाट मनग्य आम्दानी गर्दै गोरखाका सोमबहादुर

धार्चे गाउँपालिका–७ लापुवेशीमा उनले ड्रागन फ्रुट खेती सुरु गरेको तीन वर्ष भयो। लापुगाउँका सोमबहादुर गुरुङले गत वर्षबाट ड्रागन फ्रुट बेच्न थालिसकेका छन्।   रोजगारीका क्रममा दक्षिण कोरिया जाँदा ड्रागन फ्रुटको खेती गरेको...

तनहुँमा व्यावसायिकरूपमा ‘ड्रागन फ्रुट’ खेती सुरु - Nepal Japan

तनहुँको व्यास नगरपालिका–५ ढोडेनीमा व्यावसायिकरूपमा ‘ड्रागन फ्रुट’ खेती सुरु गरिएको छ । स्थानीय कृषक

गोल्ढुङ्गामा व्यावसायिक रुपमा ड्रागन फ्रुट खेती

तारकेश्वर । तारकेश्वर नगरपालिका वडा नं ५, गोल्ढुङ्गाको धितालथोकमा गरिएको ड्रागन फ्रुट खेती । स्थानीय किसान रामेश्वर धितालले ट्राभल्स एजेन्सीको रोजगारी छाडेर विसं २०७७ देखि ड्रागन फ्रुट खेती गरेका हुन् । उनले आफ्नो र भाडामा गरी पाँच रोपनी जग्गामा रु २० लाखको लगानीमा ९०० ड्रागन फ्रुटका बिरुवा लगाएका छन् । तस्बिरः हरिराम भेटुवाल÷रासस

गोल्ढुङ्गामा व्यावसायिक रुपमा ड्रागन फ्रुट खेती

काठमाडौँ,३ असोज । तारकेश्वर नगरपालिका वडा नं ५, गोल्ढुङ्गाको धितालथोकमा गरिएको ड्रागन फ्रुट खेती । स्थानीय किसान रामेश्वर धितालले ट्राभल्स एजेन्सीको रोजगारी छाडेर विसं २०७७ देखि ड्रागन फ्रुट खेती गरेको हो । उनले आफ्नो र भाडामा गरी पाँच रोपनी जग्गामा रु २० लाखको लगानीमा ९०० ड्रागन फ्रुटका बिरुवा लगाएका छन् । तस्बिर : हरिराम भेटुवाल/रासस

युुट्युबमा हेरेरै ड्रागन फ्रुट खेती

गुर्भाकोट नगरपालिका–१४ भर्लेनीका ३२ वर्षीय हिराबहादुर घर्ती गोर्खा वेलफेयर ट्रस्ट क्याम्प चिसापानी, सुर्खेतमा कार्यरत थिए । उनले त्यहाँ मेडिकल साइटमा काम गर्थे । त्यो बेला ड्रागन फ्रुट खेतीको बारेमा सुनेका उनले त्यसबारे जान्न युट्युबमा त्यस सम्बन्धी सामग्री हेर्न थाले ।उसो त उनको जागिर पनि राम्रै थियो । मासिक ९० हजारदेखि एक लाखसम्म तलबभत्ता नै हुन्थ्यो । तर पनि उनलाई ड्रागन फ्रुट खेतीतर्फ आकर्षण बढ्यो । ०७८ असारदेखि उनले भर्लेनी गाउँस्थित आफ्नै एक बिगाहा जमिनमा उनले ड्रागन फ्रुट खेती सुरु

७० लाख लगानीमा ड्रागन फ्रुट खेती

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलो पटक ड्रागन फ्रुटको व्यावसायिक खेती गरिएको छ ।वीरेन्द्रनगर–१२ नेवारेमा मालिका कृषि तथा ड्रागन फ्रुट फर्मले ड्रागन खेती सुरु गरेको हो । कर्णाली प्रदेशमै नयाँ खेतीका रुपमा रहेको व्यवसायिक ड्रागन खेती दुई बर्ष पहिले पद्मा रावतले सुरु गरेकी हुन् ।ड्रागन फ्रुटले अहिले फल दिन थालिसकेको छ । हालसम्म एक क्वीन्टल बिक्री […]

७० लाख लगानीमा ड्रागन फ्रुट खेती

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलो पटक ड्रागन फ्रुटको व्यावसायिक खेती गरिएको छ ।वीरेन्द्रनगर–१२ नेवारेमा मालिका कृषि तथा ड्रागन फ्रुट फर्मले ड्रागन खेती सुरु गरेको हो । कर्णाली प्रदेशमै नयाँ खेतीका रुपमा रहेको व्यवसायिक ड्रागन खेती दुई बर्ष पहिले पद्मा रावतले सुरु गरेकी हुन् ।ड्रागन फ्रुटले अहिले फल दिन थालिसकेको छ । हालसम्म एक क्वीन्टल बिक्री […]

'ड्रागन फ्रुट' खेती कर्णालीका लागि नयाँ सुरुआत : मन्त्री शाही

काठमाडाैं : कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले ड्रागन फ्रुट खेती कर्णालीका लागि नयाँ सुरुआत भएको बताएका छन्।प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेत नेवारेस्थित मालिका कृषि तथा ड्रागन फ्रुट फर्मको आज उद्घाटन गर्दै सहकारीमन्त्री शाहीले मेहनती कृषकका कारण कृषि क्षेत्र व्यावसायिक प्रवर्धन र उन्नति हुने बताए। उनले भने, 'ड्रागन फ्रुट उत्पादनमा वृद्धि गर्नुस्, बजारीकरणमा समस्या देखिए प्रदेश सरकारले त्यसको सहजीकरण गर्छ।'

तस्वीर : कालीगण्डकी गाउँपालिकाले गरेको ड्रागन फ्रुट खेती

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाद्वारा गरिएको ड्रागन फ्रुट खेती । गाउँपालिकाले वडा नं. ४ पुच्छार भन्ने ठाउँमा २४ रोपनी जग्गा भाडामा लिएर चार हजार ८०० बिरुवा लगाएको छ । तस्वीर : रासस