तनहुँ काँग्रेसमा नयाँ सदस्य बढी

तनहुँमा नेपाली काँग्रेस नयाँ सदस्य बढी छन्  । पार्टीको जिल्ला शाखाले सार्वजनिक गरेको विवरणमा  जिल्लामा पुराना भन्दा नयाँ सदस्य बढी देखिएका हुन् ।     यही भदौ १८ गतेदेखि शुरु हुने महाधिवेशनका लागि सार्वजनिक विवरणमा  जिल्लामा सात हजार ५७९ नयाँ क्रियाशील सदस्य थपिएका छन् भने  नवीकरण गरेका सदस्य छ हजार ९३५ छन् । योसँगै कूल क्रियाशील सदस्य १४ हजार ५१४ पुगेका छन् । दश स्थानीय तह रहेको जिल्लामा ८५ वटा वडा छन् । वडामा सबैभन्दा बढी व्यास नगरपालिका–१ मा २९७ नय