विश्वास गुमाउँदै नेता नेपाल

काठमाडौं, बैशाख ३ । सत्तारुढ एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नै समूह र विपक्षी दलका नेताहरूको विश्वास गुमाएका छन्। नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको आन्दोलनमा पाँच महिना सहकार्य गरेका विपक्षी दलहरूका नेतासँगै पार्टीभित्र आफ्नै समूहका सांसदको विश्वास गुमाएका हुन्। प्रतिगमनविरुद्धको आन्दोलनमा विपक्षी दलहरूसँग सहकार्य गर्दै आएका नेपालले सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि त्यो […]

सम्बन्धित सामग्री

नेपालले मित्रराष्ट्रहरुको विश्वास गुमाउँदै गएको छ : प्रदीप ज्ञवाली (भिडिओसहित)

काठमाडौं, २६ मंसिर । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेपालले आफ्ना मित्र राष्ट्रहरुको विश्वास गुमाउँदै गएको बताएका छन् । नेपाल–भारत र नेपाल–चीन सम्बन्धको पछिल्लो अवस्थाबारे पत्रकार ऋषि धमलाले प्राइम टिभीको चर्चित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ को लागि सोध्दा नेता ज्ञवालीले यस्तो टिप्पणी गरेका हुन् । नेपाललाई भारतको सहयोग र समर्थनबारे धमलाले राखेको अर्को जिज्ञासामा […]

युवा गुमाउँदै नेपाल

विकास भाटक्षेत्री ।। आजकल राजनीतिक बहसमा ‘युवा’ शब्द हावी भएको देखिन्छ । युवा भन्ने शब्द आफैमा उर्जावान छ । युवालाई ‘परिवर्तन’ को पर्यायवाची पनि रूप लिने गरिन्छ । युवाले नै केही न केही परिवर्तन ल्याउँछ भन्ने आम विश्वास छ । तर प्रश्न उठ्छ, के ‘युवा’ नै अन्तिम ढाल हो त ? देशले ‘युवा’ साँच्चिकै खोजेको हो कि युवाले अन्य देश खोजेको हो ? नेपालमा १६ देखि ४० वर्षसम्मकालाई आधिकारिक रूपमा युवा मानिन्छ । तर हामीले रूपकको परिवेशमा मानिने ‘युवा’ बारे कसलाई युवा भन्ने वा नभन्ने, आफैमा विवादास्पद छ । विगतका सामाजिक, राजनीतिक उत्तरचढावलाई युवाको दृष्टिकोणबाट हेर्ने हो भने सन्देहास्पद प्रश्न उठ्छन् । आखिर युवा केका लागि ? ‘बलि’ का लागि वा ‘बल’ का लागि ? धेरै नेपाली युवालाई बलि चढाएर यो देशमा आफ्नो परिपाटी बनाउने शैली थियो, दुर्भाग्यवश अहिलेसम्म यो प्रवृत्ति नेपाली समाज र राजनीतिमा कायमै छ । विभिन्न जनान्दोलनमा मात्र नभई आफ्नो घरभित्र पनि ‘फलानो’ को सपना देखाई युवायुवतीको भित्री आवाज र आकाङ्क्षालाई अँठ्याउने अर्धसामन्ती अभिभावकको कर्तुत पनि ‘बलि’ सरह हो । युवा ‘बल’ को कुरा गर्ने नै हो भने भारतीय नवयुवा करमचन्द गान्धी मात्र नभई हाम्रै नेपाली इतिहासले बोकेको नवयुवा सङ्गठित कमरेडको उदाहरण अझै जीवित छ । नेपालका डाँडाकाँडा, तराई–मधेस बाट एकजुट भई गणतन्त्र ल्याएर एक विन्दुमा सफल भएकै हुन् । तर आज आम जनताप्रति जवाफदेही नहुने गणतन्त्र “कागलाई बेल पाक्यो हर्ष न विस्मात्” जस्तै भएको छ । त्यस बेलाका कतिपय नवयुवा नेता सत्तासिन भए पनि आज नेपालले वास्तविक युवा नेता गुमाएको छ । तथ्याङ्कअनुसार अहिलेसम्म नेपालबाट ५० लाखभन्दा बढी युवाले वैदेशिक रोजगारका लागि देश छाडेका छन् । तीमध्ये ८० प्रतिशत युवा खाडी मुलुक र मलेसिया गएका छन् । संयुक्त राष्ट्र जनसङ्ख्या कोषका अनुसार नेपालमा धेरै युवा झुग्गीबस्ती र ग्रामीण क्षेत्रमा हुर्किएका छन् । नेपाली जनताको मध्यआयु २४ वर्ष रहेको छ । यसको मतलब यदि जनसङ्ख्यालाई आयुको हिसाबले आरोही क्रममा विभाजन गर्ने हो भने ...