टेक्सासकी ७ वर्षीया बालिकाको हत्या प्रकरण : पूर्व फेडएक्स चालक हर्नरलाई मृत्युदण्डको सजाय

अमेरिकाको टेक्सास राज्यमा ७ वर्षीया बालिका एथेना स्ट्र्यान्डको हत्या गरेको आरोपमा दोषी ठहर भएका पूर्व फेडएक्स डेलिभरी चालक ट्यानर हर्नरलाई मंगलबार अदालतले मृत्युदण्डको सजाय सुनाएको छ। हप्तौँसम्म चलेको सुनुवाइपछि जुरिले हर्नरलाई मृत्युदण्ड दिने निर्णय गरेको हो। सुनुवाइका क्रममा अदालतमा आक्रमणकारीको डेलिभरी सवारीभित्र बालिकाका अन्तिम क्षणहरूको अडियो रेकर्डसमेत प्रस्तुत गरिएको थियो, जसले घटनाको भयावहता उजागर गरेको […]