काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य दुई दिन प्रभावित हुने

सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले मंगलबार र बुधबार काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ।

सम्बन्धित सामग्री

फोहोर व्यवस्थापन जिम्मा सरकारलाई

काठमाडौं भ्याली मेयर्स फोरमको छैटौं बैठकले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य नेपाल सरकारलाई नै जिम्मा लगाउने निर्णय गरेको छ।...

काठमाडौंको फोहोर दुई दिन नउठ्ने

काठमाडौं । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ । नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहरको कारण बञ्चरेडाँडासम्म गाडी आउनजानका लागि समस्या भएकाले आज र भोलि फोहाेर लाने काम रोकिएको हो । सिसडोलदेखि दुई किलोमिटर पर बञ्चरेडाँडासम्म जान यसअघि थुपारिएको फोहाेरको डङ्गुर पार […]

दुई दिन काठमाडौंको फोहोर व्यवस्थापन प्रभावित हुने

काठमाडौं । सिसडोलदेखि बन्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ । नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरका कारण बन्चरेडाँडासम्म गाडी आउनजानका लागि समस्या भएकाले आज र भोलि फोहोर लाने काम रोकिएको हो । सिसडोलदेखि दुई किलोमिटर पर बन्चरेडाँडासम्म जान यसअघि...

काठमाडौंको फोहोर व्यवस्थापन पुनः सुरु

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन आजदेखि पुनः सुरु भएको छ । नुवाकोटका स्थानीयले साइट व्यवस्थापन, स्थानीय पूर्वाधार र साामाजिक जीवन सुधारको माग राखेर विगत १० दिनदेखि फोहोर व्यवस्थापन कार्य रोकेका थिए । सोमबार सहरी विकास मन्त्रालयमा मन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनीता डंगोलको रोहबरमा त्रिपक्षीय...

उपत्यकाको फोहोर संकलनमा फेरि समस्या, दश दिनदेखि सडकमै

काठमाडौं : पासाङ ल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य दश दिनदेखि रोकिएको छ। पासाङ ल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण व्यवसायीद्वारा पटकपटक काम रोकिँदा त्यसको प्रत्यक्ष असर भने उपत्यकाको नागरिकले भोग्नुपरेको छ।पछिल्लो समय यही वैशाख ११ गतेदेखि पुनः उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन कार्य रोकिएको छ।हाल फोहोर विसर्जन गरिएको स्थान नुवाकोटस्थित सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङ ल्हामु राजमार्गका बासिन्दाको