सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलबाट कैलालीमा सारियो

डोटी : सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलबाट कैलाली सरेको छ। राजधानी कैलाली स्थापना भएसँगै उक्त कार्यालय सरेको प्रदेश प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए। उनले भने, 'राजधानी कायम भएको ठाउँमा प्रदेश प्रहरी कार्यालय राख्ने भन्ने कानुनी व्यवस्था भएअनुसार कार्यालय सरेको हो।' वर्षौं पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा रहेका सेनाको पृतना तथा प्रदेश प्रहरी कार्यालय कैलालीमा सारेपछि यहाँका बासिन्दा आक्रोशित भएका छन्। नेपाली सेनाको पृतना मुख्यालय यस अ

सम्बन्धित सामग्री

कैलाली र कञ्चनपुरमा लागुऔषधसहित ६ जना पक्राउ

१२ पुस, धनगढी । कैलाली र कञ्चनपुरमा प्रहरीले लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । दुवै जिल्लाका विभिन्न स्थानबाट बुधबार लागुऔषधसहित ६ जनालाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । कैलालीको भजनी नगरपालिका, गोदावरी नगरपालिका, कञ्चनपुरको भीमदत्त र कृष्णपुर नगरपालिकाबाट उनीहरुलाई पक्राउ गरिएको हो । भजनी नगरपालिका-३ मोरीयाघाटबाट ३ ग्राम ४० मिलिग्राम […]

सुदूरपश्चिममा ३ वर्षमा २९ छुवाछुत र जातीय विभदेका घटना

१२ माघ, डोटी । सुदूरपश्चिम प्रदेशमा तीन बर्षको अवधिमा २९ जातीय छुवाछुत तथा बिभेदका घटनाहरु भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी कैलालीले दिएको जानकारी अनुसार आर्थिक बर्ष ०७६/०७७ मा जातीय छुवाछुत तथा भेदभावविरुद्ध ८ जाहेरी परेका छन् । सो अवधिमा सबैभन्दा बढी कैलालीमा ४ जातीय छुवाछुतका घटनाहरु दर्ता भएका थिए । बाजुरामा १, […]

सुदूरपश्चिममा ३५२ मतदानस्थल अति संवेदनशील

२० कात्तिक, डोटी । सुदूरपश्मित प्रदेशभित्रका एक हजार एक सय ६१ मतदान स्थलमध्ये ३ सय ५२ अति संवेदनशील मानिएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीले दिएको जानकारी अनुसार ४ सय ४ मतदान स्थल संवेदनशील र चार सय पाँच स्थल सामान्य रहेका छन् । कैलालीका दुई सय ३७ मतदानस्थलमध्ये ५३ अति संवेदनशील, १ सय […]

चुनावको सुरक्षाका लागि सुदूरपश्चिममा ११ हजार ५०० म्यादी खटिए

१६ कात्तिक, डोटी । आसन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको सुरक्षाका लागि सुदूरपश्चिम ११ हजार ५०० म्यादी प्रहरी खटाइएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले दिएको जानकारी अनुसार प्रदेशमा ११ हजार ५५९ म्यादी प्रहरी निर्वाचनका लागि खटाइएको छ । कैलालीमा सवैभन्दा बढी दुई हजार आठ सय १२ म्यादी प्रहरी खटाइएको छ । कैलालीमा प्रतिनिधि […]

सुदूरपश्चिममा एक वर्षमा बलात्कारका २४२ घटना

८ साउन, डोटी । आर्थिक वर्ष २०७८/०७९ मा सुदूरपश्चिम प्रदेशमा २४२ जबरजस्ती करणी (बलात्कार)का घटना भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले दिएको जानकारी अनुसार एक वर्षको अवधिमा उक्त संख्यामा बलात्कारसम्बन्धी जाहेरी दर्ता भएका हुन्बि । गत तीन वर्षको अभिलेख हेर्दा प्रदेशमा बलात्कारका घटनाहरू बर्सेनि बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष ०७७/०७८ मा २३० […]

बझाङमा पहिरो जाँदा २३ जना बेपत्ता

कैलाली, कात्तिक २ । बझाङमा पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । बझाङको थलारा गाँउपालिका–४ डिख्लामा मंगलबार गएको पहिरोमा पर्री २३ जना बेपत्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रबक्ता बिक्रम बहादुर चन्दका अनुसार बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीको परिवारका […]

कैलालीमा साढे ५ किलो चरेशसहित दुईजना पक्राउ

१२ साउन, धनगढी । कैलालीमा साढे ५ किलो चरेशसहित दुईजना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको सयुक्त टोलीले सोमबार गौरीगंगा नगरपालिका–८ को गिदनियास्थित पूर्वपश्चिम राजमार्गबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–११ बस्ने ४० वर्षीय गोरख भन्ने गोरे धामी र […]

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय सर्‍यो

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलबाट कैलाली सरेको छ । राजधानी कैलाली स्थापना भएसँगै उक्त कार्यालय सरेको प्रदेश प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए। उनले भने, “राजधानी कायम भएको ठाउँमा प्रदेश प्रहरी कार्यालय राख्ने भन्ने कानुनी व्यवस्था भएअनुसार कार्यालय सरेको हो ।” वर्ष...

भीरबाट लडेर अछाममा एक बालिकाको मृत्यु

१० चैत, काठमाडौं । भीरबाट लडेर अछाममा एक बालिकाको मृत्यु भएको छ । बान्निगढी जयगढ गाउँपालिका-६ दर्ना चन्डालीकी ७ वर्षीया आयुशा ठकुल्लाको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार आज बिहान विद्यालय जाँदै गरेको अवस्थामा भीरबाटो भन्ने ठाउँबाट लडेर बालिका गम्भीर घाइते […]

मोबाइल पड्किँदा किशोरीको मृत्यु

डोटी । चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार जिल्लाको मङ्गलसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर मृत्यु भएको हो । मृतक नाथ स्थानीय कुन्ति माध्यमिक विद्यालय कक्षा ६ मा अध्यनरथ थिइन् । मोबाइल पड्किँदा गम्भीर घाइते भएकी नाथको जिल्ला अस्पताल अछाममा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । (रासस)