तत्काल अन्तवार्ता शुरु गर्न माग गर्दै अनेरास्ववियुको प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थीसंघले त्रिबि सेवा आयोगमा लगाएको ताला खोल्न माग गर्दै एमाले निकट अनेरास्ववियुले प्रदर्शन गरेका छन् । आज आइतबार बिहान आयोले तोकेको प्राध्यापक र सहप्राध्यापकको तय गरेकै मितिमा अन्तर्वार्ता गर्नुपर्नेमाग गर्दै प्रदर्शन गरेको हो । नेविसंघले गएको बिहीबार समाजशास्त्र संकायका डीन युवराज लुइटेंलको कार्यकक्षमा तोडफोड गरी शुक्रबारबाट आयोगको मुलगेटमा तालाबन्दी गरेका थिए । […]

सम्बन्धित सामग्री

दुई युवाको मृत्यु भएको विरोधमा अनेरास्ववियुको प्रदर्शन

काठमाडौँ- रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयमा भएको प्रदर्शनका क्रममा दुई युवाको मृत्यु भएको विरोधमा अनेरास्ववियुले प्रदर्शन गरेको छ । शुक्रबार साँझ प्रदर्शनी मार्गमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रदर्शन गरेको हो । रोजगारीका लागि आवेदन माग गर्ने युवालाई सरकारले गोली हानेको भन्दै विद्यार्थी संगठ...

जनक शिक्षाका प्रबन्ध निर्देशकको राजीनामा माग गर्दै अनेरास्ववियुको प्रदर्शन

काठमाडौँ - जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशकको राजीनामा माग गर्दै अनेरास्ववियुले प्रदर्शन गरेको छ । जनक शिक्षाका प्रबन्ध निर्देशकका कारण संस्थान धरासयी भएको भन्दै नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले भक्तपुरस्थित केन्द्रमा पुगेर प्रदर्शन गरेका हुन् ।  उनीहरूले केन्द्रमा भएको भ्रष्टाचार ...

बाजुरामा एमाले कार्यकर्ताको मृत्युको विरोधमा धनगढीमा अनेरास्ववियुको प्रदर्शन

१० मंसिर, धनगढी । मंसिर ४ गते मतदानका क्रममा भएको विवादका क्रममा मृत्यु भएका अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालय इकाइ कमिटी अध्यक्ष चेतन ऐडीलाई न्याय माग्दै अनेरास्वियुले धनगढीमा प्रदर्शन गरेको छ । अनेरास्ववियुले ऐडीको हत्या भएको भन्दै संलग्नलाई कारबाहीको माग गर्दै धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि प्रदर्शन गरेको हो । प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै […]

पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै अनेरास्ववियुको प्रदर्शन

१८ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे पनि नेपालमा नघटाइएको भन्दै नेकपा एमालेका कार्यकर्ताहरुले आज सरकारविरुद्ध प्रदर्शन गरेका छन् । अनेरास्ववियु उपत्यका विशेष कमिटीको आयोजनामा नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि आज बिहान विरोध प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्दै राजीनामाको माग गरेका थिए । अनेरास्ववियुले पेट्रोल, […]

त्रिवि सेवा आयोगमा अनेरास्ववियुको प्रदर्शन

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले तोकेको प्राध्यापक र सहप्राध्यापकको अन्तर्वार्ता सञ्चालनको माग गर्दै अनेरास्ववियुले प्रदर्शन गरेको छ। अखिलका त्रिवि इन्चार्ज मदन विष्टले आइतबारदेखि सुरु हुने भनिएको अन्तर्वार्ता सञ्चालन गर्न माग गरेको बताए।निर्धारित अन्तर्वार्ता तुरुन्त गर्न भन्दै अनेरास्ववियुले प्रदर्शन गरेको हो । नेविसंघले पनि त्रिवि सेवा आयोगमा ताला लगाएको छ ।त्रिवि सेवा आयोगको ताला तत्काल खोल्न र निर्धारित प्राध्यापकको अन्तर्वार्ता सुरु गर्न माग गर्दै प्रदर्शन भएको हो

त्रिवि सेवा आयोगको ताला खोल्न माग गर्दै अनेरास्ववियुको प्रदर्शन

प्राध्यापक र सह-प्राध्यापकको अन्तर्वार्ता सञ्चालनको माग गर्दै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको कार्यालयबाहिर प्रदर्शन गरेको छ ।

त्रिविको तालाबन्दी खोल्न माग गर्दै अनेरास्ववियुको प्रदर्शन

२६ जेठ, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयमा लगाएको ताला खोल्न माग गर्दै प्रदर्शन गरेको छ । कीर्तिपुरस्थित उपकुलपतिको कार्यालयबाहिर अनेरास्ववियुका कार्यकर्ताले तालाबन्दी खोल्न माग गर्दै प्रदर्शन गरेका हुन् । नेपाली कांग्रेसको विद्यार्थी संगठनले त्रिभुवन विश्विद्यालयमा तालाबन्दी गरेको साढे ४ महिना भन्दा बढी समय भइसकेको छ । तर अहिलेसम्म तालाबन्दी नखुल्दा विश्वविद्यालयको […]

सरकारलाई खबरदारी गर्दै अनेरास्ववियुको प्रदर्शन (भिडियोसहित)

काठमाडौँ– समयमै निर्वाचनको मिति तोक्न माग गर्दै प्रमुख विपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । अनेरास्ववियुले सोमबार काठमाडौँको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । तत्काल निर्वाचन मिति घोषणा गरी समयमै निष्पक्ष निर्वाचन गर्न अनेरास्ववियुले माग गरेको छ । […]

मोटरसाइकल र स्कुटर डोर्‍याएर सरकारविरुद्व अनेरास्ववियुको प्रदर्शन

स्थानीय तहको निर्वाचनको मिति घोषणा र पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेकपा एमाले निकट अनेरास्ववियु ले बुटवलमा मंगलवार भण्डाफोर विरोध प्रदर्शन गरेको छ । अनेरास्ववियु बुटवल उपमहानगर कमिटीले गठबन्धन सरकारविरुद्ध मोटरसाइकल र स्कुटर डोर्‍याउँदै प्रदर्शन गरेको हो ।  प्रदर्शनमा अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश संयोजक सरोज पोखरेलले तत्काल स्थानीय निर्वाचनको मिति घोषणा गर्न र मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरे ।  उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई...