नयाँ सरकारलाई शेयर बजारको स्वागत, परिसूचक ५६.८८ अङ्कले बढ्यो

काठमाडौँ,११ पुष । नयाँ सरकार गठनको प्रक्रियाले नयाँस्वरुप लिएपछि धितोपत्र बजारले त्यसलाई स्वागत गरेको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आजको कारोबारमा नेप्से परिसूचक ५६ दशमलव ८८ अङ्कले वृद्धि भई एक हजार नौ सय २४ दशमलव शून्य नौ विन्दुमा पुगेको छ […]

सम्बन्धित सामग्री

शेयर बजार घट्दा तपाईंले कति गुमाउनु भयो ? 'सरकारले एउटै शीर्षकमा गुमायो १३ अर्ब'

काठमाडौं । २०७९ सालमा धितोपत्र बजारबाट सरकारले करीब २ अर्ब ५५ करोड रुपैयाँ पूँजीगत लाभकर संकलन गरेको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (cdsc) ले दिएको जानकारीअनुसार २०७८ सालको तुलनामा २०७९ मा Securities market बाट सरकारको आम्दानी साढे ८३ प्रतिशत कम भएको हो ।  सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार २०७८ वैशाख १ देखि चैत ३० गतेसम्म धितोपत्र बजारबाट नाफा गर्ने investor ले सरकारलाई १५ अर्ब ४७ करोड ४५ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर बुझाएका थिए । पछिल्लो वर्ष भने धितोपत्र बजारबाट हुने सरकारको आम्दानी १२ अर्ब ९२ करोड ३६ लाख ४४ हजार रुपैयाँले घटेको न्यौपानेको भनाइ छ । २०७९ सालमा बजार घटेसँगै लगानीकर्ताको नाफामा कमी आउँदा सरकारी आम्दानी घटेको न्यौपानेले बताए । २०७८ सालमा धितोपत्रको दोस्रो बजारले ऐतिहासिक कीर्तिमान कायम गरेको थियो । उक्त वर्षको भदौ २ गते नेप्से हालसम्मकै उच्च ३ हजार २०० विन्दुभन्दा माथि पुगेको थियो । २०७८ सालको साउनमा हालसम्मकै बढी पूँजीगत लाभकर संकलन भएको सीडीएससीका प्रवक्ता न्यौपाने बताउँछन् ।  उनका अनुसार २०७८ साउनमा सरकारले ३ अर्ब २४ करोड ६९ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको थियो । NEPSE ले कीर्तिमान बनाएको भदौमा भने सरकारले २ अर्ब ६१ करोड ८६ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको थियो ।  प्रस्तुत तथ्यांकलाई आधार मान्दा बजार बढ्दा लगानीकर्तासँगै सरकारले समेत धितोपत्र बजारबाट राम्रो आम्दानी गरेको देखिन्छ । कोभिड–१९ को धेरैजसो व्यावसायिक क्षेत्र प्रभावित बन्दा पनि धितोपत्र बजार सञ्चालनमा थियो । सरकारले अन्य क्षेत्रबाट आम्दानी गर्न नसकेको त्यो समयमा धितोपत्र बजारबाट राम्रो आम्दानी गरेको थियो । बजारका सरोकारवालाले सरकारलाई धितोपत्र बजारको विकास र विस्तार गरी राजस्व बढाउन सुझाव दिएका छन् ।  अनुभवी लगानीकर्ता केशव कोइराला नेपालको धितोपत्र बजारमा तीव्र उतारचढाव हुने हुँदा लगानीकर्ताले सधैं नाफा कमाउने अवस्था नहुने बताउँछन् । लगानीकर्ताले नाफा कमाउँदा मात्र सरकारलाई कर तिर्ने भएकाले उक्त करमा समेत उतारचढाव देखिने कोइरालाको भनाइ छ । उनी बजार घटबढ भइरहनुपर्ने तर्क गर्छन् । बजारमा दीर्घकालीन लगानीकर्तालाई प्रोत्साहन हुने नीति भए त्यसले सकारात्मक प्रभाव पार्ने विश्लेषण कोइरालाको छ । उनी धितोपत्र बजारका लगानीकर्ताले कम्पनीको वार्षिक प्रतिफल खाने गरी लगानी गरे बजारले सकारात्मक गति लिने विश्वास गर्छन् ।  २०७९ सालमा धितोपत्र दोस्रो बजारको समग्र कारोबार मापक नेप्से परिसूचक १९ दशमलव ९१ प्रतिशत घटेको छ । २०७८ चैत ३० गते २ हजार ४१५ दशमलव २५ विन्दुमा रहेको नेप्से २०७९ चैत ३० गते १ हजार ९३४ दशमलव ४८ विन्दुमा झरेको हो ।  २०७९ को कारोबारमा लगानीकर्ताले ६ खर्ब १२ अर्ब रुपैयाँभन्दा बढी सम्पत्ति गुमाएका छन् । २०७८ चैत ३० गते ३४ खर्ब २६ अर्ब १० करोड ८८ लाख रहेको कुल बजार पूँजीकरण २०७९ चैत ३० गते २८ खर्ब १३ अर्ब ५५ करोड ३७ लाख रुपैयाँमा झरेको हो । घटेको बजारबाट पनि लगानीकर्ताले नाफा गरेर सरकारलाई कर बुझाएको अवस्था २०७९ सालमा समेत देखिएको छ । धितोपत्रको दोस्रो बजारका लगानीकर्ताले नाफामा धितोपत्र विक्री गरेको खण्डमा सरकारलाई बढीमा १० प्रतिशतसम्म Capital gains tax बुझाउनुपर्छ । संस्थागत लगानीकर्ताले १० प्रतिशत र व्यक्तिगत लगानीकर्ताले छोटो अवधिको कारोबारमा ७ दशमलव ५ प्रतिशत र लामो अवधिको कारोबारमा ५ प्रतिशत पूँजीगत लाभकर तिर्छन् । धितोपत्रका लगानीकर्ताले भारित औसत लागतका आधारमा पूँजीगत लाभकर तिर्नुपर्ने कानूनी व्यवस्था छ ।

नयाँ सरकारलाई शेयर बजारको हरियो झण्डा, ५६ अङ्कले बढेर १९ सय विन्दुभन्दा माथि

काठमाण्डाै – नयाँ सरकार गठन भएसँगै शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज साेमवार ५६ दशमलव ८८ अङ्कले बढेर एक हजार नौ सय २४ दशमलव शून्य नौ विन्दुमा पुगेको छ ।  अन्यबाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, जलविद्युत्, माइक्रोफाइनान्स, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ । आज दुई सय ५० वटा कम्पनीकाे ५६ लाख ५३ हजार कित्ता शेयर दुई अर्ब नौ करोड ७० लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको २० करोड ८८ ला...

लाखौं शेयर लगानीकर्ता फुटपाथमा आउने र घरबार विहिन हुने अवस्था आयो: अध्यक्ष मल्ल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले राष्ट्र बैंकको नीतिका कारण सेयर बजारका लाखौं लगानीकर्ता पलायन हुने अवस्थामा पुगेको बताएका छन् । सोमबार राजश्व परापर्श समितिले आयोजना गरेको कर सुधार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले यस्तो बताएका हुन् ।उनले राष्ट्र बैंकले तत्काल धितोकर्जामा ४ र १२ करोडको सिमा फिर्ता गर्न माग गरे । अध्यक्ष मल्लले शेयर धितो कर्जामा ४÷१२ करोडको नीतिले लाखौं लगानीकर्ता पुँजीबजारबाट पलायन हुने अवस्था आएकाले पुरानो नीति हटाएर कम्तिमा ३–५ वर्षका लागि पुरानै व्यवस्थालाई निरन्तरता दिनु पर्ने माग गरे ।अध्यक्ष मल्ले शेयर बजार खर्बौ रुपैयाँ व्यवसायीहरुले लगानी लगाएको तर अहिले त्यो खबौं लगानी डुब्न लाग्दा पनि सरकार मौन बसेको आरोप लगाए । उनले सरकारको साना नीतिको कारण लाखौं लगानीकर्ता फुटपाथमा आउने र घरबार विहिन हुने अवस्था आएको दावी गरे । उनले अहिलेको कर तथा राजश्वमा लिने नीति तीन तहका सरकारबीच स्पष्ट नभएकाले उद्योगीहरु दोहोरो मारमा परेको बताए । अध्यक्ष मल्लले सरकार अब तीन नै तहका सरकारलाई हुने गरी व्यवसायीहरुलाई राजश्व बुझाउने छुट्टै खाता नम्बर दिने व्यवस्था गर्नु पर्ने आवश्यकता रहेको बताए । उनले अब नयाँ कम्पनी स्थापना हुँदा नै ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत पब्लिकको लगानीमा हुनुपर्ने व्यवस्था गर्न सरकारसँग माग गरे ।उनले भने,‘ कर राजश्वको विषयमा विवाद भइरहेको छ । स्थानीय,प्रदेश र संघिय सरकारहरु कर कस्ले लिन र नलिने भन्ने दुविधामा रहेको छन्। केन्द्र सरकारलाई कर तिरे पनि स्थानीय सरकारहरुले व्यवसायीहरुसँग ताकेता गरिरहेको अवस्था छ । कर तथा राजश्वलाई पारदर्शिता बनाउनको लागि सरकारले कर राजश्व तिर्ने खाता नम्बरको व्यवस्था गर्नु पर्छ । जुन खातामा व्यवसायीहरुको कर तथा राजश्व तिरेको छ त्यो भौचर देखाउँदा तीनै तहका सरकारलाई मान्य हुने खाताको व्यवस्था आवश्यक गरेको छ । अर्थतन्त्रको खर्बौ रुपैयाँ शेयर बजारमा व्यवसायीहरुले लगानी लगाउनु भएको छ। तर अहिले त्यो खबौं लगानी डुब्न थालेको छ । सरकारको साना नीतिको कारण लाखौं लगानीकर्ता फुटपातमा आउने र घरबार विहिन हुने अवस्था आएको छ । शेयर धितोकर्जामा ४ र १२ करोडको सिमालाई हटाएर पुरानै अवस्थामा यथावत राखिनुपर्छ । छिटो समयको लागि नभएर ३ देखि ५ वर्षको योजना बनाएर लागू गरौं । छोटो समय दिँदा धेरै लगानीकर्ताले हात झिक्नु परेको अवस्था छ । अब सरकारले कुनै पब्लिक कम्पनी स्थापना गर्दा पूँजीको रेसियो सुरुमा ५१ प्रतिशत र सर्वसाधरणलाई ४९ प्रतिशत मात्रै राख्ने व्यवस्था गरियो भने धेरै कम्पनी खोलेर प्रतिस्पर्धा हट्छ । ५१ प्रतिशत संस्थापकको शेयर ४९ प्रतिशत सर्वसाधरणको शेयर पाउने गरी नयाँ कम्पनी स्थापना गर्ने व्यवस्था सरकारले गर्नु पर्छ ।’

१०५ अंकले बढ्यो नेप्से, अपि पावर र टेलिकमको कारोबार उच्च

साताको पहिलो दिन आज आइतबार शेयर बजार परिसूचक नेप्से १०५.५५ अंकले बढेको छ । आजको वृद्धिसंगै नेप्से सूचक २८८५.५३ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका २३१ कम्पनीका १ करोड २१ लाख ५५ हजार ४ सय ३२ कित्ता शेयर खरीद बिक्रिबाट ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३८ रुपैयाँ ५७ पैसाको कारोबार भएको छ । जस मध्ये अपि पावरको सबैभन्दा धेरै २६ करोड १५ लाख, नेपाल टेलिकमको २३ करोड ६२ लाख, एचआईडिसीएलको २३करोद् ३ लाख र अरुण भ्याली हाइड्रोको २१ करोड ९६ लाख बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जसमा विकास बैंक समुह सबैभन्दा धेरै ६.५६ लगानी समुह ६.३६ र फाइनान्स समुह ६.३४ प्रतिशतले बढेको छ । आज विन लघुवित्त, लिबर्टी इनर्जी, शिवश्री हाइड्रो, निफ्रा, र बुद्धभूमि हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज कारोबारमा आएका मध्ये मैलुंग खोलाको शेयर मूल्य मात्र घटेको छ ।सत्ता गठबन्धनको बैठकले जेठ महिना भित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नको लागि सरकारलाई सुझाव दिएको समाचारको कारण बजारमा उत्साह आएको हो । शनिवार २ चरणमा बसेको सत्ता गठबन्धनको  बैठकले जेठ भित्रमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको थियो ।अब सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर स्थानीयको मिति तोक्ने छ । निर्वाचन कति चरणमा गर्ने भन्ने विषय सरकारले आयोगसँग परामर्श गरेर टुंगो लगाउने छ । त्यस्तै यदि ऐन संशोधन गर्नु पर्ने भए सो को लागि पनि प्रक्रिया अगाडी बढाउन बैठकले सुझाव दिएको छ।

शेयर बजारमा घट्यो उत्साह, राजश्व पनि घट्यो

२४ मंसिर, काठमाडौं । शेयर बजार लगातार घट्दा यसको असर दैनिक कारोबारमा समेत देखिएको छ । बजार घटेसँगै शेयर लगानीकर्ताहरु निस्क्रिय हुने क्रम बढेको छ भने यसले दैनिक हुने कारोबार संख्या र सरकारलाई प्राप्त हुने राजश्वमा समेत असर गरेको छ । शेयर बजारको सम्पूर्ण लेखाजोखा राख्ने निकाय सिडिएसी एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद […]

सरकारले पूँजीबजारलाई उच्च प्राथमिकतामा राख्छ : अर्थमन्त्री

साउन १, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफ्नो कार्यकालमा पूँजी बजारलाई उच्च प्राथमिकतामा राख्ने बताएका छन्।  अर्थ मन्त्रालयमा शुक्रवार आयोजित परिचयात्मक पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले शेयर बजारका लगानीकर्ताहरुलाई निराश पार्ने कुनै पनि काम सरकारले नगर्ने पनि बताएका छन् ।  ‘सरकारले राजस्व परिचालनको गतिलो स्रोतका रुपमा पूँजी बजारलाई प्राथमिकता दिनेछ’, उनले भने, ‘यो क्षेत्रबाट गत आर्थिक वर्षमा सरकारलाई १४ अर्ब रुपैयाँ बढी राजस्व आएको रहेछ, चालू आर्थिक वर्षमा योभन्दा बढी राजस्व आउने गरी पूँजी बजारलाई प्राथमिकतामा राख्नेछु।’ उनले आफू अर्थमन्त्री भएलगत्तै शेयर बजार र त्यहाँका लगानीकर्ताहरुले विभिन्न कारण र घटनाक्रमले तल झरेको बजारको मनोबल उकास्ने विषयमा आफूलाई अनुरोध गरेको र  बजारका समस्याका विषयमा बुझ्ने काम पनि शुरु गरिसकेको पनि बताए ।  साथै उनले अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर श्वेतपत्र आउने पनि बताएका छन्  । ‘म अर्थतन्त्रको अध्ययनकै चरणमा छु,’ उनले भने, ‘छिट्टै श्वेत पत्र ल्याउछौं।’  उनले अहिलेको सूचकांकले देखाएको अवस्थालाई श्वेतपत्रमा समेटिने जानकारी दिए । उनले आफ्नो, अर्थ मन्त्रालयको र सरकारको अर्थ नीति समेत श्वेतपत्रमा समेटिने बताए । साथै उनले अघिल्लो सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट संसदमा पेश गर्ने पनि बताएका छन् । उनले चालू आवको बजेट प्रतिस्थापन गर्ने वा नयाँ बजेटको प्रक्रियामा जाने भन्ने विषय संसदले तय गर्ने बताए । साउन ३ गते संसद बैठक बोलाइएको छ ।

सरकार गठनसँगै शेयर बजार उकालो लाग्यो

काठमाडौं,फागुन ४ – नयाँ सरकारलाई धितोपत्र बजारले स्वागत गरेको छ । लामो समयदेखि ओरालो लाग्दै आएको बजार बिहीबार हालसम्मकै सबैभन्दा बढी अंकले उकालो...

सरकार गठनसँगै शेयर बजार उकालोतर्फ

काठमाडौँ, फागुन ३ गते । नयाँ सरकारलाई धितोपत्र बजारले स्वागत गरेको छ । लामो समयदेखि ओरालो लाग्दै आएको बजार आज हालसम्मकै सबैभन्दा बढी...