एजेन्सी– अफगानिस्तानमा सन् २०२५ मा अफिम खेती २० प्रतिशतले घटेको संयुक्त राष्ट्रसङ्घले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसैसँगै उक्त निकायले सिन्थेटिक औषधि उत्पादन र तस्करीमा एकैसाथ तीव्र वृद्धि हुने खतरा रहेको चेतावनीसमेत दिएको छ । तालिवान सरकारका अधिकारीहरूले सत्तामा पुनः फर्किएको एक वर्षपछि सन् २०२२ मा राष्ट्रव्यापी रूपमा अफिम खेतीमा प्रतिबन्ध लगाएका […]
काठमाडौं – सेभेन सिज सिनेमाका सञ्चालक तथा ‘पूर्णबहादुरका सारङ्गी’का निर्माता मध्येका एक विनोद पौडेललाई दोस्रो फिल्म ‘अभिमन्यु : च्याप्टर वान’ प्रदर्शनमा ल्याउनै सकस भएको छ । अहिलेसम्म यो फिल्मको पाँच पटक प्रदर्शन मिति तोकिएको छ । विनोदले अहिले नयाँ प्रदर्शन मिति मंसिर १८ लाई तोकेका छन् । यो फिल्मको प्रदर्शन मिति चार पटक परिवर्तन भयो […]
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने टिप्पणी गर्नुभएको छ। काठमाडौंको भृकुटीमण्डपमा बिहीबार पार्टीले आयोजना गरेकाे जनसभालाई सम्बोधन गर्दै महासचिव चन्दले यस्तो टिप्पणी गर्नुभएको हो । कार्की नेतृत्वको अन्तरिम सरकार रहस्यमय तरिकाले गठन गरिएको भन्दै उहाँले सरकार गठनका पछाडि […]
काठमाडौं– नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरूले विशेष महाधिवेशनको कुनै औचित्य नभएको टिप्पणी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस १५ औँ महाधिवेशन बृहत् दबाबमूलक भेलामा बोल्दै उनीहरूले अहिले पार्टीलाई बलियो बनाएर देशमा देखिएका संकट समाधानका लागि ध्यान केन्द्रित गर्नुपर्ने समयमा विशेष महाधिवेशन गर्ने प्रस्तावको कुनै औचित्य नभएको बताएका हुन् । उनीहरूले केन्द्रमा पहिले […]