एमाले गण्डकी प्रदेश संसदीय दलका नेतामा अधिकारी सर्वसम्मत

पर्वत : नेकपा एमाले गण्डकी प्रदेशको संसदीय दलको बैठकले खगराज अधिकारीलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेको छ।एमाले गण्डकी प्रदेशको आइतबार बसेको पदाधिकारी बैठकमा अधिकारी दलका नेता चयन भएका हुन्। संसदीय दलका नेता बन्न उम्मेदवारी आह्वान गर्दा अधिकारीको एकल उम्मेदवारी परेपछि उनी सर्वसम्मत भएका हुन्।पार्टी अध्यक्ष के.पी शर्मा ओलीका निकटस्थ अधिकारीलाई मुख्यमन्त्री बनाउने गरी निर्वाचनमा पार्टीले टिकट दिएको थियो। यसैलाई व्यवस्थापन गर्न यसअघि प्रदेशको मुख्यमन्त्री बनिसकेका पृथ्वीसुब्बा गुरुङ प्रद