चुट्किला : त्यही मेसिनसँग

एउटा साथी अर्को साथीसँग : यार तिमीले झुठ समात्ने मेशिन देखेको छौ ? अर्को साथी : देखेको मात्र हैन मेरो घरमा नै छ । साथी : हो र ? अर्को साथी : हो नि मैले त्यही मेसिनसँग त बिहे गरेको छु । साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

सम्बन्धित सामग्री

चुट्किला : बोतलको बिर्कै हराएछ

पुलिस : तैँले किन यति धेरै पिएको ? जँड्याहा : बाध्यता थियो शाव । पुलिस : के बाध्यता थियो ? जँड्याहा : बोतलको बिर्कै हराएछ नि शाव ! साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

चुट्किला : मुड चेन्ज तुरुन्तै

हास्यकलाकार मनोज गजुरेलका अनुसार व्यक्तिमा रहेको ‘प्रत्युत्पन्न मति’ले नयाँ-नयाँ चुट्किला बनाउन सक्छ । यो गुणले कुराकानी गर्दैगर्दा वा जुनसुकै घटनालाई मोडेर सबैलाई हसाउन सक्छ । श्रीमद्भगवद्गीताको अध्यायमा पनि हाँसोको चर्चा पाइन्छ । गीताको दोस्रो अध्यायको श्लोक ६५ मा भनिएको छ- ‘प्रसादे सर्वदुःखानां हानिरस्योपजायते । प्रसन्नचेतसो हृयाशु बुद्धिः पर्यवतिष्ठते ।’ अर्थात्, प्रशन्न चित्त भएको व्यक्तिको जीवनमा […]

चुट्किला : पापको सजाएँ

लोग्ने : तिमीसँग बिहे गरेर मलाई एकदम फाइदा भएको छ । स्वास्नी : (खुशी हुँदै) हो र कसरी नि ? लोग्ने : मलाई मैले गरेको पापको सजाएँ म जिउँदो हुँदै पाइरहेको छु नि त । साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

चुट्किला : भ्रम पर्‍यो

स्वास्नी : हिजो राती निद्रामा तिमी मलाई गाली गर्दै थियौ नि । लोग्ने : तिमीलाई भ्रम पर्‍यो जस्तो छ । स्वास्नी : कस्तो भ्रम ? लोग्ने : म निदाएको थिएँ भनेर । साभार  : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

चुट्किला :  साँच्चै प्रेम

प्रेमिका : के तिमी मलाई साँच्चै प्रेम गर्छौ ? प्रेमी : हो, साँच्चै म तिमीलाई प्रेम गर्छु, मैले आफ्नो लिस्ट हिजो फेरि चेक गरेको थिएँ । साभार  : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

चुट्किला : फटाहा

शिक्षक : भन त राम १० मा १० जोड्दा कति हुन्छ ? राम : २२ सर । शिक्षक :फटाहा, कसरी ? राम : हिसाब नमिलेर सर । साभार :‘हँसाउने चुट्किला’ पुस्तकबाट

चुट्किला : सबैभन्दा पहिला बाहिर

बाबु र छोरा बाबु : छोरा तँ कहिल्यै कुनै कुरामा पहिला भएको छस् ? छोरा : भएको छु । बाबु : केमा भएको छस् ? छोरा : म स्कुलमा छुट्टिको घण्टी बज्नासाथ सबैभन्दा पहिला बाहिर निस्कन्छु । साभार  : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

चुट्किला : नेता

नेता : डाक्टरसाप, भाषण दिने समयमा मेरो हात काम्न थाल्छ किन होला ? डाक्टर : आत्तिनु पर्ने कुरै छैन, झुट बोल्ने समयमा यस्तै हुन्छ । साभार  : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

चुट्किला : दिनभार पाँच पटक

पत्नी— श्रीमानजी यो जेनी को हो ? पति— अरे त्यो त त्यो कुकुरको नाम हो, जसलाई म किन्न चाहन्छु । पत्नी— राम्रो त्यसो भए आज दिनभरि पाँच पटकसम्म फोन पनि त्यही कुकुरले गरेको थियो । साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

चुट्किला : म मेरो बुवा बोल्दैछु

कसैले स्कुलमा फोन गरेर हेड सरलाई भन्यो— आज मेरो छोरा बिरामी पर्‍यो, स्कुल आउन सक्दैन । हेडसर : तपाईं को बोल्दै हुनुहुन्छ ? फोनबाट जवाफ आयो, म मेरो बुवा बोल्दैछु । साभार  : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट