प्रतिनिधिसभाको बैठकको सुरुमै एमालेको अवरोध र नाराबाजी

नेकपा एमालेका सांसदहरुले प्रतिनिधि सभा बैठकको सुरुमै बैठक अवरोध गरेका छन् । सभामुखको आसनअगाडि पुगेर उनीहरुले विभिन्न नारा लगाइरहेका छन् ।बिहिबार दिउँसो २ बजे सुरु भएको प्रतिनिधिसभाको बैठकमा उनीहरुले गैर सांसदलाई संसदमा प्रवेश निषेध गर, संवैधानिक सर्वोच्चता जिन्दावाद, संसदीय मर्यादा कायम गर जस्ता नारा लगाइरहेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले संविधानको प्रावधान, प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्था स्मरण गराउँदै सभा सञ्चालन गर्न अनुरोध गरेपनि एमालेका सांसदले नाराबाजी गरिरहेका छन् ।

सम्बन्धित सामग्री

प्रतिनिधिसभामा आज पनि एमालेको अवरोध

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभामा नाराबाजी सुरु गरेको छ। सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको एमालेले बुधबार प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेको हो। आजको बैठक सुरु हुनेवित्तिकै एमालेले बोल्न समय मागेको थियो। एमालेसँगै सत्तापक्षका सांसदहरुले पनि बोल्न समय मागेपछि सभामुख देवराज घिमिरेले एमाले सांसद सूर्य थापालाई बोल्न समय दिएका थिए। त्यसपछि सत्तारुढ सांसदहरुले […]

संसद् बैठक सुरु हुनेबित्तिकै एमालेको अवरोध

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले बुधबार पनि प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध सिर्जना गरेको छ । बैठक सुरु हुनेबित्तिकै एमाले सांसदले नाराबाजी गरेका हुन् । पार्टीले उठाएको माग सभामुखले सम्बोधन नगरेको भन्दै एमालेले विरोध जनाउँदै आएको छ । पार्टीले कारबाही गरेका नेकपा (एकीकृत समाजवादी) मा आबद्ध १४ सांसदहरूको सूची सभामुखले...

प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध, १० तस्बिरमा हेरौं

प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरोध गरेको छ । शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका हुन् ।केहीबेरको नाराबाजीपछि सभामुख सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुलाई आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्न अनुमति दिएका थिए । अर्को बैठक फागुन ८ गते दिनको १ बजे बस्नेगरी स्थगित भएको छ । तस्बिर: कृष्ण खड्का/रातोपाटी

प्रतिनिधिसभा बैठकको सुरुमै एमालेको अवरोध

नेकपा एमालेले प्रतिनिधिसभाको आजको बैठकमा नाराबाजी गर्दै अवरोध थालेको छ । एमालेको नाराबाजीको कुनै वास्ता नगरी सभामुख अग्नि सापकोटाले सदनको कारवाही अघि बढाएका छन् ।  आजको बैठकको कार्यसूचीमा विनियोजन विधेयकमाथि छलफल र जवाफ दिने तय गरिएको छ । विनियोजन विधेयक २०७८ अन्र्तगत विभिन्न मन्त्रालयगत शीर्षक हरुमा छलफल सुरु भएको छ ।सभामुख सापकोटाले विनियोजन विधेयकमाथि विरोधको सूचना दर्ता गरेका नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललाई बोल्न समय दिएका छन् । सांसद सुवालले सरकारले विभिन्न क्षेत्रका व्

प्रतिनिधिसभा बैठक : एमालेको अवरोध र नाराबाजी (लाइभ)

सभामुखले निष्पक्षता देखाउन नसकेको र पार्टीले निष्कासन गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै नेकपा एमालेले प्रतिनिधिसभाको शुक्रवारको बैठक अवरोध गरेको छ ।