नेत्रहीन टी२० विश्वकपका लागि नेपाली टोली घोषणा

९ कात्तिक, काठमाडौं । आगामी डिसेम्बर ४ देखि १७ सम्म भारतमा संचालन हुने तेस्रो  टी२० विश्वकप प्रतियोगिताका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल नेत्रहीन क्रिकेट संघले खिमानन्द गैरेको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । कात्तिक २ र ३ गते काठमाडौँमा संचालित छनोट प्रतियोगिताबाट बरिष्ठ क्रिकेट प्रशिक्षक अरुण कुमार अर्याल संयोजक, तुम्बरु उप्रेती र नहेन्द्र निरौला […]