राप्रपा महाधिवेशनः नेतृत्व चुन्न मतदान आज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आगामी नेतृत्व चयनका लागि आज शनिबार मतदान हुँदै छ । राप्रपाको नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । राप्रपाले यसअघिका महाधिवेशनमा अध्यक्ष चुन्न मात्रै मतदान गर्ने गरेकोमा यसपटक अध्यक्षसहित तीन उपाध्यक्ष र तीन जना महामन्त्रीसहित १ सय ४९ जना चुन्नका लागि निर्वाचन गर्न लागेको […] The post राप्रपा महाधिवेशनः नेतृत्व चुन्न मतदान आज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

राप्रपा महाधिवेशन : कमल थापाले गरे मतदान

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको जारी महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार कमल थापाले मतदान गरेका छन् ।  काठमाडौंको भृकुटिमण्डपमा जारी  महाधिवेशनमा उनले केहीबेरअघि मतदान गरेका हुन् ।  उनले मतदान गर्दै पार्टीको एकता कायम राखी राप्रपालाई देशको अग्रणी शक्ति बनाउन सक्नुपर्ने बताएका छन् ।  उनले भनेका छन्, राप्रपा एकता महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा सहभागी हुँदा हर्ष र गौरवको अनुभूति गरेको छु। पार्टीको एकता कायम राखि राप्रपालाई देशको अग्रणी शक्ति बनाउन सकौँ

राप्रपा महाधिवेशन : दुई हजार मत खस्यो, अझै २३ सय बाँकी

काठमाडौंमा जारी राप्रपाको महाधिवेशनमा दुई हजार मत खसेको छ । निर्वाचन अधिकृत राजु बस्नेतका अनुसार अझै २३ सय मत खस्न बाँकी छ । पार्टी एकतापछि राप्रपाको यो पहिलो अधिवेशन हो । यही महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । काठमाडौंमा जारी राप्रपाको एकता महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि  भएको मतदानमा १५ सय मत खसेको छ । निर्धारित समयभन्दा दुई घण्टा ढिलापछि सुरु भएको मतदान प्रक्रिया अझै जारी छ । राप्रपा महाधिवेशनमा सहभागी हुन देशभरबाट प्रतिनिधिहरू काठमाडौंमा भेला भएका छन् । म

राप्रपा महाधिवेशन : १५ सय मत खस्यो, मतदान सकिन अझै आठ घण्टा लाग्ने

काठमाडौं । नयाँ नेतृत्व चयनका लागि काठमाडौंमा जारी राप्रपाको एकता महाधिवेशनमा १५ सय मत खसेको छ । निर्धारित समयभन्दा दुई घण्टा ढिलापछि सुरु भएको मतदान अझै जारी छ । राप्रपाको महाधिवेशन उद्घाटन बिहीबार भएको थियो । निर्वाचन समितिका निर्वाचन अधिकृत राजु बस्नेतका अनुसार मतदान सकिँन कम्तीमा पनि राति ११ बज्ने छ । महाधिवेशनमा सहभागी हुन […] The post राप्रपा महाधिवेशन : १५ सय मत खस्यो, मतदान सकिन अझै आठ घण्टा लाग्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

राप्रपा महाधिवेशन : कमल थापाले प्रक्रिया हेरे, मतदान गरेनन्

काठमाडौँ – राप्रपाको एकता महाधिवेशनअन्तर्गत मतदान जारी रहेको छ। काठमाडौँको भृकुटीमण्डपमा मतदान कार्य जारी रहेको हो। बिहान ८ बजे सुरु हुनुपर्ने मतदान ढिलो गरी सुरु भएको थियो। जसले गर्दा बेलुका ५ बजेसम्मलाई तोकिएको मतदान शनिबार अबेरसम्म जाने निर्वाचन समितिले जनाएको छ। शनिबार मतदान सुरु भएपछि अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देनले मतदान गरिसकेका छन्। यसबीच अध्यक्षमा अर्का […]

राप्रपा महाधिवेशन राति १० बजेसम्म मतदान हुने (फोटो फिचर )

न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)मा मतदान जारी छ। मतदानस्थलमा प्रहरीले सुरक्षा व्यवस्था कडा गरेको छ। अध्यक्ष पदका उम्मेदवार राजेन्द्र लिङ्देनले मतदान गरेका छन्। बिहानै ११ बजेदेखि सुरू गरिने भनिए पनि राप्रपा मतदान झन्डै १२ बजेबाट मात्र सुरू भएको हो। मतदान गर्न भृकुटीमण्डपमा महिला र पुरूष दुइटा लाइनमा बसेका छन्।मतदान राति १० बजेसम्म […]

राप्रपा महाधिवेशन : अध्यक्षका उम्मेद्धवार लिङ्देनले गरे मतदान

काठमाडौं, १८ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा महाधिवेशनमा अध्यक्षबाहेक सबै पदमा विद्युतीय माध्यमद्वारा मतदान सुरू भएको छ। अध्यक्षका उम्मेद्धवार राजेन्द्र लिङ्देनले पनि भोट हालेका छन्। निर्वाचन समितिका अनुसार ९१ वटा मेसिन मतदानस्थलमा रहने छन्। बाँकी चार वटा मेसिन मतदातालाई सिकाउनका लागि मतदानस्थलबाहिर राखिएको छ । राप्रपा अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन चुनावी मैदानमा […]

राप्रपा महाधिवेशन : राजेन्द्र-धवलको प्यानलमा खुले विक्रम पाण्डे (तस्बिरहरु)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन अन्तर्गत शनिबार नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । मतदानअघि शुक्रबार अध्यक्षका प्रत्यासी कमल थापा र राजेन्द्र लिङ्देनले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । प्यानलमा थापा र लिङ्देन पक्ष दुबैले विक्रम पाण्डेको नाम समावेश गरेको छ । यसैबीच शुक्रबार साँझको चुनावी र्‍यालीमा पाण्डे राजेन्द्र लिङ्देन–धवल शमशेर राणासँगै देखिएका छन् । उनी राजेन्द्र–धवलको पक्षमा चुनावी प्रचारप्रसारमा खटिएका हुन् । लिङदेनको प्यानलमा

राप्रपा महाधिवेशन : नेताहरूलाई भोट माग्न भ्याइनभ्याइ (फोटोफिचर)

काठमाडौँ– राप्रपाको एकता महाधिवेशन काठमाडौँमा चलिरहेको छ । गत बुधबार सुरू भएको महाधिवेशनमा शुक्रबार उम्मेदवार मनोनयन दर्ता गरिएको छ भने शनिबार नेतृत्व चयनका लागि मतदान हुनेछ । अध्यक्ष पदमाबाहेक पदाधिकारी र सदस्यको भोटिङ मेसिनबाट मतदान गरिने भएको छ । अध्यक्ष पदमा भने मतपत्र प्रयोग गरिने राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए । मतदानको अघिल्लो दिन […]

राप्रपा महाधिवेशन : रेखा थापाले महामन्त्रीमा उम्मेदवारी दिने

नायिका रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी छन् । यसअघि सो पार्टीका केन्द्रीय सदस्य समेत रहेकी नायिका थापाले  (महिलातर्फ) महामन्त्री पदमा उम्मेदवारी दिने भएकी हुन् ।थापा केही दिनअघि राजेन्द्र लिङ्देनले अध्यक्षको उम्मेदवारी दिँदा उनीसँगै देखिएकी थिइन् ।  राप्रपा प्रवेश गर्नुअघि थापा नेकपा माओवादीमा थिइन् । राप्रपामा नयाँ नेतृत्वको चयनका लागि शुक्रबार मतदान हुन लागेको छ । राजधानीमा बुधबारदेखि सुरु महाधिवेशन अहिले जारी छ ।