विधान चुनावअघि उत्तर प्रदेश भाजपामा पहिरो

एक महिनापछि हुन लागेको विधानसभाको निर्वाचनअघि भारतीय जनता पार्टी (भाजपा) लाई उत्तर प्रदेशमा धक्का लागेको छ ।  आउँदो फेब्रुअरीमा उत्तर प्रदेशमा विधानसभाको निर्वाचन हुँदैछ । तर, चुनाव आउनु एक महिनाअघि भाजपाका १५ विधायकले पार्टी त्याग गरेका छन् । जसमा मौजुदा उत्तर प्रदेश सरकारका वरिष्ठ मन्त्रीसमेत छन् । योगी आदित्यनाथ सरकारमा वरिष्ठ मन्त्री रहेका स्वार्मीप्रसाद मौर्य र दारासिंह चौहान छन् । यस्तै भाजपा परित्याग गर्नेहरूमा भगवती सागर, रोशनलाल वर्मा, विनय शाक्य, अवतार सिंह भाडाना, बृजेश

सम्बन्धित सामग्री

पर्सा ११ बाट भारतको उत्तर प्रदेश वोन्डेर्स एक विकेटले पराजित

प्रो क्लब च्याम्पियनसिप २०२३ पर्सामा जारी प्रो क्लब च्याम्पियनसिपमा पर्सा क्लब–११ ले भारतको उत्तर प्रदेश क्लब–११ माथि एक विकेटको रोमाञ्चक जित हात पारेको छ । जितको लागि ६७ रनको सामान्य लक्ष्य पछ्याएको...

भारतकाे उत्तर प्रदेश पुर्याइएका १६ बालकको उद्धार

काठमाण्डाै - जोखिमपूर्ण रुपमा भारतको उत्तर प्रदेश पुर्याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ । भारतको गोण्डा र सिद्धार्थनगरमा रहेकाे बालगृहबाट उनीहरुलाई शान्ति पुनःस्थापना गृह नेपाल र देहरादुनमा रहेकाे हेल्प क्रस संस्थाको समन्वयमा हिजाे उद्धार गरी नेपाल ल्याइएको नेपालगञ्जमा रहेकाे शान्ति पुनःस्थापना गृहका क्षेत्रीय संयोजक भूमि भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार रुपन्देहीको भित्री नाका हुँदै जोखिमपूर्ण रुपमा भारत पुर्याइएका ती बालकलाई १० दिनअघि शान्ति पुनःस्थापना गृह नेपाललाई प्र...

उत्तर प्रदेश ११ नेपाल प्रो क्लब क्रिकेट प्रतियोगितामा तेस्रो

काठमाडौं- उत्तर प्रदेश ११ ले नेपाल प्रो क्लब टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा तेस्रो स्थान पक्का गरेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा शुक्रबार बिहान तेस्रो स्थानका लागि भएको खेलमा उत्तर प्रदेशले नेपाल आर्मी क्लबलाई ३० रनले पराजित गरेको हो । १ सय ४० रनको लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको नेपाल आर्मी १८ ओभरमा सबै विकेट गुमाउँदै केबल […]

उत्तर प्रदेश विधानसभा निर्वाचनमा भाजपा अगाडि

काठमाडौँ – भारतका विभिन्न राज्यहरुमा भएका विधानसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । भारतका राज्यहरु उत्तर प्रदेश, पञ्जाब, गोवा, उत्तराखण्ड र मणिपुरमा विधानसभाको मतपरिणाम आउने क्रम जारी रहेको हो । भारतीय सञ्चारमाध्यमले सबैभन्दा धेरै जनसङ्ख्या रहेको उत्तर प्रदेश राज्यमा सत्तारुढ भारतीय जनता पार्टी भाजपाले बहुमत ल्याउने जनाएका छन् । टाइम्स अफ इण्डियाले सार्वजनिक गरेको नतिजअनुसार […]

उत्तर प्रदेश र पञ्चाबको चुनावको नतिजाले कति बदलिनेछ भारतको राजनीति ?

उत्तर प्रदेश विधानसभा चुनावपछि कुन दल सत्तामा आउँछ र को प्रतिपक्षमा रहने भन्ने टुङ्गो आज लाग्नेछ । यससँगै पञ्जाब, गोवा, उत्तराखण्ड र मणिपुरको आगामी विधानसभाको तस्बिर स्पष्ट हुन केही घण्टा मात्रै बाँकी छ । पार्टीको जित र हार जस्तोसुकै भए पनि आगामी दिनमा भारतीय राजनीतिमा भएका धेरै घटनाक्रमलाई यी निर्वाचनको नतिजाले असर गर्ने छ ।यससँगै यी निर्वाचनको नतिजामा क्षेत्रीय दलहरूका साथै भाजपा, कांग्रेस जस्ता राष्ट्रिय दलहरूको पनि धेरै कुरा दाउमा छ। यस कारणले, यी राज्यहरूमा हुने चुनावले कसलाई असर गर्छ भनेर

उत्तर प्रदेश चुनाव : पहिलाे चरणकाे मतदान जारी

भारतको उत्तर प्रदेश विधानसभा चुनावका लागि पहिलो चरणको मतदान सुरु भएको छ । पहिलो चरणमा उत्तर प्रदेशका ११ जिल्लाका ५८ विधानसभा सिटका लागि मतदान भइरहेकाे हाे ।

उत्तर प्रदेश चुनावको मुखैमा कांग्रेसलाई धक्का, यी प्रभावशाली नेताले दिए राजीनामा

भारतको उत्तर प्रदेश राज्यमा हुन गइरहेको विधानसभा चुनावको मुखैमा भारतीय कांग्रेस पार्टीलाई धक्का लागेको छ । भारतीय कांग्रेसका प्रभावशाली नेता आरपीएन सिंहले पार्टीबाट राजीनामा दिएका छन् । सिंह मंगलवार दिउँसो भारतीय जनता पार्टी (भाजपा) प्रवेश गर्ने चर्चा भारतीय सञ्चारमाध्यममा छ । भाजपाले सिंहलाई स्वामी प्रसाद मौर्यविरुद्ध कुशीनगर क्षेत्रको पडरौना विधानसभा सीटबाट उम्मेदवार बनाउने तयारी गरेको छ । सिंहले आफ्नो ट्विटर ह्यान्डलबाट कांग्रेससँग सम्बन्धित पदको जानकारी हटाएका छन् । यससँगै उनले कांग्रेस अध्यक्ष सोनिया गान्धीलाई रा...