लुम्बिनीका किशोरी क्रिकेटरको बन्द प्रशिक्षण नेपालगञ्जमा

नेपालगञ्ज – नेपालगञ्जमा लुम्बिनी प्रदेशका यु–१९ का महिला क्रिकेट खेलाडीको बन्द प्रशिक्षण सुरु गरिएको छ। चैत्र ६ देखि ११ गतेसम्म धनगढीमा हुने प्रतियोगितालाई लक्षित गरेर नेपालगञ्जमा लुम्बिनी प्रदेश टीमको बन्द प्रशिक्षण गराइएको हो। नेपाल क्रिकेट संघ (क्यान) लुम्बनी प्रदेशका अध्यक्ष दुर्गा थापाका अनुसार लुम्बिनीका बाँके, दाङ, रुपन्देही र नवलपरासीका २४ जना खेलाडी बन्द प्रशिक्षणमा छन्। […]