रेखा थापा : एक नायकको अवतार

‘तिमीलाई नाच्न मन लाग्छ हो ?’ नृत्य गुरुले मायालु भावमा सोधे । उनले टाउको निहुर्‍याइन् । अनि सुस्तरी बोलिन्, ‘मलाई खुट्टा हल्लाउन त आउँदैन ।’ मनमा डर, लाज र ग्लानि एकमुष्ट भरियो । उनलाई नाच्न त खुब रहर लागेको थियो तर नाच्ने कसरी ? न ज्यानले भाका टिप्छ, न लय समात्छ । कहिल्यै नाचेको भए […]

सम्बन्धित सामग्री

पुरुषविरुद्ध होइन्, पुरुषलाई पनि पीडा छः रेखा थापा

काठमाडौं, २४ फागुन । चर्चित अभिनेत्री रेखा थापाले कमजोर महिलाको पति, बुवा, भाई वा प्रेमी सबै कमजोर हुने बताएकी छिन् । ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना दिँदै रेखाले पुरुषहरुले पाएको दुःख घटाउन घरभित्र योद्धा छोरी जन्मिनु पर्ने बताएकी हुन् । पुरुषको बिरुद्ध होइन्, पुरुषलाई पनि पीडा भएको उनले उल्लेख गरेकी छिन् । उनले […]

अभिनेत्री रेखा थापा राप्रपा केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । अभिनेत्री रेखा थापा राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत भएकी छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले १४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्दा अभिनेत्री थापा पनि परेकी हुन् । अध्यक्ष लिङ्देननले अभिनेत्री थापालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । ‘अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधान बमोजिम १४ जनालाई […] The post अभिनेत्री रेखा थापा राप्रपा केन्द्रीय सदस्यमा मनोनीत appeared first on राजधानी राष्ट्रिय दैनिक.

रेखा थापा पराजित गर्दै कुन्ती शाही महामन्त्रीमा निर्वाचित

काठमाडौं : राप्रपाको महिला महामन्त्रीमा कुन्ती कुमारी शाही विजयी भएकी छन्।कमल थापाको समूहबाट उनी महामन्त्रीमा पदमा निर्वाचित भएकी हुन्। अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनको समूहबाट महामन्त्री पदमा उठेकी रेखा थापा भने पराजित भएकी छन्।शाहीले २ हजार ५ मत ल्याइन् भने थापाले १६४० मत प्राप्त गरिन्।

राप्रपा महामन्त्रीमा कुन्तीकुमारीसँग हारिन् रेखा थापा

काठमाडौँ – नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा पराजित भएकी छन्। राप्रपाको महिला महामन्त्रीमा उम्मेदवारी दिएकी थापा कुन्तीकुमारी शाहीसँग पराजित भएकी हुन्। थापाले एकहजार ६४७ मत ल्याउँदा विजेता शाहीले २ हजार ८ मत पाएकी थिइन्। थापाले अध्यक्षमा विजयी राजेन्द्र लिङ्देनको प्यानलबाट उम्मेदवारी दिएकी थिइन्। शाहीले भने पराजित कमल थापाको प्यानलबाट महिला महामन्त्रीमा उम्मेदवारी दर्ता […]

राप्रपा महामन्त्रीमा रेखा थापा पराजित

राप्रपा महामन्त्रीमा नायिका रेखा थापा पराजित भएकी छिन् । राजेन्द्र लिङ्देन प्यानलबाट महिला कोटाको महामन्त्री पदमा निर्वाचन लडेकी रेखा पराजित भएकी हुन् । सो पदमा कमल थापा प्यानलकी कुन्ती शाही विजयी भएको निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले जानकारी दिए । राप्रपाको अध्यक्षमा भने राजेन्द्र लिङ्देन विजयी भए ।

रेखा थापा राप्रपाको महामन्त्रीमा उठ्ने

अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा उठ्ने भएकी छन्। राप्रपाको एकता महाधिवेशनमा थापाले राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिन लागेकी हुन्। राप्रपाको आजबाट महाधिवेशन सुरु भएको छ। अध्यक्षमा...

राजेन्द्र लिङ्देनको पक्षमा खुलिन् रेखा थापा

काठमाडौँ- कलाकार रेखा थापा कुन पार्टीमा आवद्ध छिन् भन्ने चासो बढिरहेका बेला उनी राप्रपामै रहेको संकेत दिएकी छन् । बिहीबार राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनले उम्मेद्वारी घोषणा गरे । उम्मेदवारी घोषणा कार्यक्रममा सहभागी भएर रेखाले आफू लिङ्देनको पक्षमा रहेको सन्देश दिएकी छन् । अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलाई टक्कर दिँदै युवा नेताहरूको […]

कलाकार सधै सिकारु हुन्छन्, ‘महानायक–महानायिका’कोे बहस बेकार छः रेखा थापा

नेपाली चलचित्र क्षेत्रमा एक दशक भन्दा लामो समय राज गरेकी नायिका हुन्, रेखा थापा । नेपाली चलचित्र क्षेत्रमा रेखालाई नायकको भन्दा पनि शक्तिशाली स्टारडम भएको कलाकारको रुपमा चिनिन्छ । उनै, रेखा थापा केही बर्षदेखि भने सुस्ताएकी छिन् । नयाँ चलचित्रको तयारीमा रहेकी रेखाले आउँदो बर्षको दशैंमा नयाँ चलचित्र दर्शकमाझ ल्याउने आशा व्यक्त गरिन् । नेपाली […]

सडकका बेबारिसे कुकुरको सेवामा रेखा थापा

काठमाडौं। अभिनेत्री रेखा थापा सडकका छाडा कुकुरलाई खाना खुवाउन निस्किएकी छिन्। स्नेह केयरसँगको समन्वयमा उनले सडकका छाडा कुकुरलाई खाना खुवाएकी हुन्। उनले लेखेकी छिन्, ‘यो संसार हामी सबैको साझा घर हो। मिलेर बाँच्न चाहने हो भने धर्तिका कुनै प्राणी भोको बस्नु गर्दैन्थ्यो। प्रकृतिका हरेक हिस्सालाई बराबर हक छ, आफ्नो यो साझा घरमा। स्नेह र स्वार्थमा सायद यही भिन्नता छ।’