काठमाडौं : प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ। सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रसकी सांसद पुष्पा भुसाललाई उम्मेदवार बनाउने तयारी भइरहेको छ।
असार ३० गते बिहीबार बिहान ११ देखि १ बजेसम्म प्रतिनिधिसभाको कुनै सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको…