ताप्लेजुङमा तीन दिनदेखि विद्युत सेवा बन्द, इन्टरनेट बन्द हुँदा बैकिङ्ग कारोबारमा बाधा

ताप्लेजुङ – ताप्लेजुङमा तीन दिनदेखि विद्युत सेवा बन्द भएको छ । गएको शुक्रबारदेखि विद्युत सेवा बन्दा हुँदा सदरमुकाम फुङ्लिङसहित आसपासका गाउँ समेत अन्धकार भएका छन् भने विभिन्न कलकारखाना, उद्योगधन्दा ठप्प भएका छन् । एकवर्ष अघिदेखि सदरमुकाम फुङ्लिङ बजार र आठराई त्रिवेणी गाउँपालिकाको वडा नम्बर ३ हाङ्पाङ, वडा नम्बर ४ र ५...

सम्बन्धित सामग्री

विद्युत प्राधिकरणले लाइन काट्दा पोखरामा इन्टरनेट अवरुद्ध : आइस्पान

काठमाडौँ । पोखरा तथा पोखरा आसपासका क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध भएको सेवाप्रदायकहरूले बताएका छन् । इन्टरनेट सेवाप्रदायकले नेपाल विद्युत प्राधिकरणले विद्युत सेवा अवरुद्ध गरेकाले पोखरामा इन्टरनेटको सेवा अवरुद्ध भएको जनाएको छ । पोल प्रयोग

पोलमा तानिएका तार ब्यबस्थित गर्न विद्युत प्राधिकरणको आग्रह, ४५ दिनपछि आफै हटाउने

नेपाल विद्युत प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युतीय पोलमा तानिएका  केबल टेलिभिजन, इन्नटरनेट, टेलिफोनका तार तथा उपकरणहरु व्यवस्थापन गर्न सेवा प्रदायकहरुलाई ४५ दिनको समयसीमा दिएको छ । प्राधिकरणले मंगलबार सार्वजनिक सूचनामार्फत दूरसञ्चार, केवल टिभि तथा इन्टरनेट सेवा प्रवाहका लागि विद्युतीय पोलमा राखिने संरचनाको मापदण्ड तोक्दै सोही अनुसार व्यवस्थापन गर्न सेवा प्रदायकहरुलाई आग्रह गरेको छ ।प्राधिकरणका अनुसार विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइवर, केबल पोलमा जथाभावी झुण्डयाइएका उपकरणहरुका कारण सहरलाई कुरुप वनाएको छ ।  आगलागी लगायतका विद्युतीय दुर्घटनाहरु वढ्दै गएको र यसबाट प्राधिकरणले प्रवाह गरिरहेको विद्युतीय सेवामा समेत अवरोध उत्पन्न भएको प्राधिकरणले जनाएको छ ।आगलागी लगायत विद्युतीय दुर्घटना न्यूनीकरण गरी भरपर्दो विद्युत सेवा उपलब्ध गराउन र सहरी सुन्दरता समेत कायम राख्न दूरसञ्चार, केबल टिभि र इन्टरनेट सेवा प्रदायकहरुलाई  आफ्नो संरचना  निर्माण÷व्यवस्थापन गर्न समयसीमा सहित सार्वजनिक रुपमा आग्रह गरिएको प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए ।‘तोकिएको समयमा व्यवस्थापन गर्ने÷नगराउने सेवा प्रदायकहरुको केबल लगायतका उपकरणहरु नेपाल विद्युत प्राधिकरण ऐन,२०४१ बमोजिम प्राधिकरण आफैले हटाउने र यसबाट हुन सक्ने नोक्सानीको लागि सम्बन्धित सेवा प्रदायक स्वयं नै जिम्मेवारी हुनु पर्ने छ,’उपकार्यकारी निर्देशक सिलवालले भने । ‘अव्यवस्थित तारको गुजुल्टोको कारण सहर कुरुप बनेको छ, आगलागी भई धनजनको क्षति भएको छ, हाम्रो सेवा प्रभाह प्रभावित भएको छ, सहरी सौन्दर्यता कायम गर्नm विद्युतीय दुर्घटनालाई न्यूनिकरणका लागि हाम्रा संरचनामा राखिने विभिन्न सेवा प्रदायकका तार तथा उपकरणहरुका लागि मापदण्ड तयार गरी व्यवस्थापन गर्न लागिएको हो ।’प्राधिकरणले अप्टिकल फाइबर÷केबल र र विद्युत लाइन तथा भू–सतहबीचको न्यूनतम दूरी तोकेको छ । ४०० भोल्टको नाङ्गो तथा इन्सुलेटेड तार र  केबलबीचको न्यूनतम दूरी क्रमश ः ८०  र ३० सेन्टिमिटर हुनु पर्ने छ । ११ केभी र ३३ केभी लाइन र केबलबीचको न्यूनतम दूरी २ मिटर हुनु पर्ने छ ।  अन्य ४०० भोल्टका उपकरणरुसँगको न्यूनतम दूरी ७५ सेन्टिमिटर हुनुपर्ने छ । अप्टिकल फाइबर÷केबल र जमिन सतहबीच पैदलमार्गमा २.४ मिटर र सडकमा ५.५ मिटर तोकिएको छ । . न्यूनतम दूरी कायम कायम नगरी सर्भिस केबलमार्फत ग्राहकलाई कनेक्सन दिन रोक लगाइएको छ ।राउटर, अप्टिकल फाइबर वितरण बक्स जस्ता उपकरणहरु पोलको एउटै मात्र भागमा क्रमैसँग मिलाएर नझर्ने, नहल्लिने गरी जडान गरी र सफासँग क्लिप प्रयोग गरी वाइरिङ गर्नु पर्ने छ । प्रयोगमा नरहेका तार र अन्य उपकरणहरु तत्काल हटाउनु पर्ने छ ।  पोलहरुमा  लुप वनाएर राखिएका तार  तत्काल हटाउने र नयाँ तारहरु तान्दा समेत अतिरिक्त लम्वाइका लुप बनाएर पोलमा झुण्डाउन नपाउने व्यवस्था गरिएको छ ।सेवा प्रदायकहरुले निजहरुको तार  सजिलोसँग छुट्टयाउन सक्ने गरी प्रत्येक पोलमा केबल ट्याग लगाउनु पर्ने छ । पोलमा जडित उपकरणहरुमा समेत मार्किङ गर्नु पर्ने छ ।  सम्भव भएसम्म धेरै कोर भएको केवल तानी बहुसंख्यक सेवा प्रदायकले सहप्रयोग गर्ने गरी सेवा विस्तार गर्नु पर्ने छ ।  तारहरुलाई सडक वारपार तान्न रोक लगाइएको छ भने तानिएका केवलहरु हटाउनु पर्ने छ । तोकिएका मापदण्ड तार तथा उपकरणहरुलाई सेवा प्रदायहरुले ४५ दिनभित्रमा व्यवस्थित गरी प्राधिकरणको सम्वन्धित वितरण केन्द्रलाई जानकारी गराउनु पर्ने छ ।

२५ क्षेत्रमा हड्ताल गर्न निषेध (राजपत्रसहित)

काठमाडौँ। फोहोरमैलाको संकलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा, बैंकिङ, विमा, विद्युत सेवा, दैनिक उपभोग्य वस्तुहरु, मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा, राहदानी विभागबाट प्रदान हुने सेवा, इन्टरनेट, भेटेरिनरी, मास्कसम्बन्धी सेवा लगायतमा हड्ताल गर्न नपाइने गृह मन्त्रालयले जनाएको छ।

अवरुद्ध विद्युत् सेवा शुरू

रौतहत । शुक्रवार साँझ आएको हावाहुरीका कारण अवरुद्ध रौतहटको बौद्धीमाई नगरपालिकाको विद्युत् सेवा सुचारु भएको छ । स्थानीयको सहयोगमा विद्युत् उपकरण मर्मत गरेपछि ३ दिनपछि विद्युत सेवा पुनः सञ्चालनमा आएको विद्युत् प्राधिकरण मौलापुर सबस्टेशनले जानकारी दिएको छ । शुक्रवार साँझ आएको हावाहुरीले जिल्लाका विभिन्न स्थानमा बिजुलीका पोल र तारमा क्षति पुर्याएका कारण विद्युत् सेवा अवरुद्ध भएको थियो । विद्युत् अवरुद्ध हुँदा यहाँका एफएम रेडियो, अनलाइन, कुटानीपिसानी मिल, व्यापारिक प्रतिष्ठान, अस्पताललगायतको सेवा प्रभावित भएको थियो । विद्युत् अवरुद्ध हुँदा गर्मी छल्न समेत समस्या भएको बौद्धीमाई नगरपालिका–९ का ब्रीजभूषण मिश्राले गुनासो गरे । बिजुली अभावमा पंखा नचल्दा साना बालबालिकाले कष्ट भोग्नुपरेको थियो,’ उनले भने, ‘उखरमाउलो गर्मी सहन नसकेका बालबालिकालाई रात बिताउनै हम्मेहम्मे पर्‍यो ।’ बिजुलीमै निर्भर परिवारले खानपिन तथा नुहाउन पानीको समस्या झेल्नु परेको उनको भनाइ थियो । बौद्धीमाई नगरपालिका–८ का रोहित साहले विद्युत् नहुँदा लाखौं रुपैयाँको नोक्सान बेहोर्नुपरेको बताए । ‘यहाँका पेट्रोल पम्प, मिठाई पसल, फ्रिजलगायतमा विद्युत् अभावले धेरै समस्या देखिएको थियो,’ उनले भने । विद्युत् सेवा सुचारुसँगै मोबाइल र इन्टरनेट सेवा समेत सञ्चालन भएकाले काममा सहज भएको स्थानीयको भनाइ छ । रासस

मतदानस्थलको रुपमा प्रयोग हुने विद्यालयमा इन्टरनेट र विद्युत पुर्‍याइने

निर्वाचन आयोगले मतदानस्थलको रुपमा प्रयोग हुने विद्यालयहरूमा इन्टरनेट र विद्युत सेवा पु¥याउने भएको छ। निर्वाचनका लागि प्रयोग गरिने देशरभरका करिब ९ हजार विद्यालयमा इन्टरनेट र विद्युत सेवाको पहुँच पु¥याउन लागिएको...

दूरसञ्चार सेवामा बन्द हड्ताल गर्न नपाइने सरकारको निर्णय

पुस ५, काठमाडौं । सरकारले दूरसञ्चारका साथै २५ आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको छ । गृह मन्त्रालयले टेलिफोन, इन्टरनेट लगायतका सेवालाई आवश्यक सेवामा समावेश गर्दै यस्ता सेवामा हड्ताल गर्न नपाई निर्णय गरेको हो । सरकारको आवश्यक सेवा सञ्चालन ऐन–२०१४ को दफा ३ को उपदफा १ मा रहेको प्रावधानमा रहेर मन्त्रालयले आवश्यक सेवामा सबै किसिमको हड्ताल गर्न निषेध गरेको जानकारी दिइएको छ । आवश्यक सेवामा तार वा टेलिफोन सेवा, इन्टरनेट, डाँक, जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसार पसार गर्ने यातायात परेका छन् । त्यस्तै हाई अड्डा वा हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवामा  हड्ताल गर्न नपाइने बनाइएको छ । यसैगरी, बैंकिङ सेवा, बीमा सेवा, विद्युत सेवा, दैनिक उपभोग्य वस्तुको पैठारी, ढुवानी, भण्डारण तथा वितरण सम्बन्धी सेवा, पेट्रोलियम पदार्थ (एलपी ग्याससमेत) को पैठारी, ढुवानी, भण्डारण तथा वितरण सम्बन्धी सेवा, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा उक्त सूचीमा परेका छन् । कुल २५ सेवालाई आवश्यक र अत्यावश्यक सेवामा समेट्दै सरकारले बन्द हड्ताल गर्न नहुने सूचीमा समावेश गरेको हो । यो विषयमा केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले निर्णय समेत गरिसकेको जानकारी दिइएको छ ।