मधेस प्रदेश कांग्रेस सहमहामन्त्रीको प्रदेश सदस्यमा नाम सिफारिस

नेपाली कांग्रेस बारा क्षेत्र ४ ‘ख’ले  प्रदेशसभा सदस्य  प्रत्यक्ष तर्फबाट कांग्रेस मधेस प्रदेश सह महामन्त्री जय नारायण प्रसाद यादवको नाम सिफारिस गरेको छ । बारा मा बसेको कांग्रेस जिल्ला कार्य समितीको बैठकले ४ ‘ख’मा यादवको नाम सिफारिस गरेको हो । जिल्लाबाट प्रदेश समितिमा पठाइएको उक्त सिफारिसलाई पार्टीको विधान बमोजिम प्रदेशले  केन्द्रीय संसदीय समितिमा पठाउने छ ।  

सम्बन्धित सामग्री

सर्लाही ४– प्रदेश कमिटीद्वारा अमरेशकुमार सिंहको नाम सिफारिस

कांग्रेस नेता अमरेशकुमार सिंहको नाम क्षेत्रीय कमिटीले सिफारिस नगरेको भएपनि प्रदेश कमिटीले सिफारिस गरेको छ । मधेस प्रदेश कमिटीले सर्लाही क्षेत्र नम्बर ४ मा उम्मेदवार बनाउन  केन्द्रमा नाम पठाउँदा सिंहको नाम पनि थपेर सिफारिस गरेको हो । यसअघि सर्लाही क्षेत्र नम्बर ४ कांग्रेसले आफ्नो नाम उम्मेदवारमा सिफारिस नगरेपछि अमरेशकुमारले मधेश प्रदेश कांग्रेस कार्यसमितिमा निवेदन दिएका थिए।अमरेशको निवेदनपछि उनलाई प्रदेश कार्यसमितिले रायसहित उम्मेदवार सिफारिस गरेको प्रवक्ता नितेश गुप्ताले जानकारी दिए।

प्रदेशमा रौतहट १ बाट साह र यादवको नाम सिफारिस

रौतहट : नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर १ ले प्रदेशसभा सदस्यको नाम सिफारिस गरेको छ। शनिबार बसेको कांग्रेस जिल्ला क्षेत्रीय बैठकबाट क्षेत्र नम्बर १ ‘क’ मा नागेन्द्र साह र ‘ख’ मा नेपाली कांग्रेस मधेस प्रदेश सभापति कृष्ण प्रसाद यादवको नाम सिफारिस भएको हो।कार्यसमितिको बैठकले प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फका लागि उम्मेदवारको नाम सिफारिस गरिएको कांग्रेस मधेश प्रदेशका सूचना सञ्चार तथा प्रचारप्रसार विभागका प्रमुख नितेशकुमार गुप्ताले बताए।त्यस्तै, समानुप

नेकपा एमाले बारा क्षेत्र नम्बर १ क बाट १६ जनाको नाम सिफारिस

बारा – नेकपा एमाले बारा क्षेत्र नम्बर १ क समन्वय समितिको शनिबार बसेको बैठकले प्रदेश सभा सदस्य निर्वाचनको लागि क्षेत्र नम्बर १ क बाट १६ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ। मधेस प्रदेश सभा सदस्य उम्मेदवारहरूको छनौट गर्न कोल्हबीको पर्सौनामा शनिबार भएको बैठकले प्रत्यक्ष र समानुपातिक निर्वाचनको लागि ८/८ जनाको नाम सिफारिस गर्ने निर्णय […]

नेकपा एमाले बारा क्षेत्र नम्बर १ (क) बाट १६ जनाको नाम सिफारिस

बारा – नेकपा एमाले बारा क्षेत्र नम्बर १ क समन्वय समितिको शनिबार बसेको बैठकले प्रदेश सभा सदस्य निर्वाचनको लागि क्षेत्र नम्बर १ क बाट १६ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ । मधेस प्रदेश सभा सदस्य उम्मेदवारहरूको छनौट गर्न कोल्हबीको पर्सौनामा शनिबार भएको बैठकले प्रत्यक्ष र समानुपातिक निर्वाचनको लागि ८र८ जनाको नाम सिफारिस गर्ने […]

मधेस प्रदेश कांग्रेस सभापति यादव प्रतिनिधि र प्रदेश सदस्य दुवैमा एकल सिफारिस

नेपाली काँग्रेस रौतहट क्षेत्र १ "ख"ले  नेपाली कांग्रेस मधेस प्रदेश सभापति कृष्ण प्रसाद यादवलाई प्रतिनिधि र प्रदेश सभामा एक्ल सिफारिस गरेको छ । शनिबार बसेको काँग्रेस जिल्ला क्षेत्रीय १ को  " क" र " ख" प्रदेश कार्यसमितिको बैठकले यादवलाई प्रतिनिधिसभा र प्रदेश सभा सदस्यमा  दुवैतर्फका लागि उम्मेदवार सिफारिस गरेको हो ।त्यस्तै समानुपातिकतर्फ ५ जनाको नाम सिफारिस गरेको छ । जसमा क्षेत्र १ " ख" बाट प्रदेश सभा सदस्यमा नेपाली कांग्रेस मधेस प्रदेश सद

जनकपुरधाम उपमहानगरको मेयरमा लोसपाबाट चार जनाको नाम सिफारिस

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको धनुषा जिल्ला कार्यसमितिले जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि चार जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । सिफारिस हुनेमा प्रमेश्वर साह, मनोज चौधरी, अमर पंजियार र संजय कुमार चौधरी रहेको धनुषा जिल्ला अध्यक्ष प्रमेश्वर साहले बताए । मेयरका लागि दाबी गर्ने प्रमेश्वर साह मधेस प्रदेश प्रदेशसभाका सदस्य पनि हुन् ।यस्तै, मनोज चौधरी २०७० को संविधानसभा चुनावमा उम्मेदवार थिए । अमर पंजियार र संजय कुमार चौधरी यसअघि कुनै पदमा उम्मेदवार बनेका थिएनन् । चार जनामध्ये एक जनाको न

जनकपुरधामको मेयरमा एमालेबाट शिवशंकर साहको नाम सिफारिस

जनकपुरधाम– मधेस प्रदेशको राजधानी जनकपुरधामको मेयरका लागि नेकपा एमालेले शिवशंकर साह ‘हिरा’को नाम सिफारिस गरेको छ। स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा एमालेले हिरालाई मेयरको उम्मेदवारमा अघि सारेको हो। उनी एमालेको मधेस प्रदेश कमिटी सदस्यसमेत हुन्। एमालेको जनकपुरधाम नगर सचिव राजुकुमार साहले जनकपुरधामको मेयरको उम्मेदवारको रुपमा सर्वसम्मत रुपमा हिराको नाम सिफारिस गरिएको बताए। त्यस्तै जनकपुरधाम–१० को […]