सर्वोच्चमा गोलाप्रथा प्रणालीको सुरुवात

काठमाडौँ । सर्वोच्च अदालतमा आज गोलाप्रथा प्रणालीको सुरुवात भएको छ। सर्वोच्चको इतिहासमा पहिलोपटक आज गोलाप्रथा प्रणालीबाट मुद्दाको पेशी तोकिएको हो। इजलास गठन र पेशी तोक्ने प्रधानन्यायाधीशको तजबिजी अधिकार अन्त्य गर्दै गोलाप्रथाबाट पेशी तोकिएको हो।