कर्णाली प्राविधिक शिक्षालयकाे छात्रावास जीर्ण, भवन भत्किने डर

जुम्ला – अहिले पालिका, प्रदेश र सङ्घीय गरी तीन वटा सरकार छन् । तर जुम्लाको कर्णाली प्राविधिक शिक्षालयको भौतिक संरचना जीर्ण बनेकोप्रति ध्यानाकर्षण हुन सकेको छैन । वि.संं २०३७ सालमा स्थापना भएको देशकै जेठो शिक्षालय अहिले तीन वटै सरकारको प्राथमिकतामा परेको छैन ।  शिक्षालय प्रमुख टेकेन्द्र थापाले विद्यार्थी बस्ने छात्रावास भत्किने अवस्थामा पुगेको बताउनुभयो । छात्रावास मर्मतका लागि कार्ययोजना अगाडि सारे पनि पर्याप्त बजेट व्यवस्थापन गर्न नसक्दा समस्या भएको प्रमुख थापाले गुनासो गर्नुभयो । जिल्लामा आउने सांसददेखि कर्णाली प्रद...