ओली–नेपाल वार्ता : के थियो ओलीको अफर ?

नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । काठमाडौंको होटेल म्यारियटमा बिहीबार ओली र नेपालबीच ‘वान टु वान’ छलफल भएको हो । दुई नेताबीच बुधबारसमेत छलफल भएको थियो । तर, दुवै नेता आ–आफ्नै अडानमा अडिग भएपछि कुनै सहमति जुट्न सकेन । जसका कारण विवाद झन्झन् बढने देखिएको छ ।एमाले स्रोतका अनुसार छलफलका क्रममा नेता नेपालले पार्टीलाई एकताबद्ध बनाउन २ जेठ २०७५ मा फर्किनुपर्ने अडान राखेका थिए । तर, प्रधानमन्त्री

सम्बन्धित सामग्री

ओली–नेपाल वार्ता सम्पन्न

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबिच वार्ता सम्पन्न भएको छ। मेरियट होटलमा गरिएको केही घण्टाको वार्तापछि नेताहरु बाहिरिएका हुन्। वार्तामा नेपाल र ओलीसहित विष्णु पौडेल, सुरेन्द्र पाण्डे र भीम रावल समेत सहभागी भएका थिए।

सिंहदरबारमा ओली– नेपाल वार्ता

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको समय तय भएको छ । पार्टीभित्रको विवाद समाधान गर्ने विषयमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच केहीबेरमा भेटवार्ता हुन लागको हो ।एमाले संसदीय दलका उपनेता तथा स्थायी समिति सदस्य सुवास नेम्वाङले दिउँसो १ बजे दुई नेताबीच सिंहदरबारमा भेटवार्ताको समय तय भएको जानकारी दिए । दुई नेताबीचको भेटवार्तामा विवाद समाधान गर्न गठन गरिने भनिएको कार्यदलका सदस्यहरुको टुंगो लगाइने दुवै नेता निकट स्रोतले बताएको छ ।

सिंहदरबारमा ओली–नेपाल वार्ता शुरू

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीचको वार्ता शुरू भएको छ । पार्टी विवाद मिलाउने प्रयासस्वरूप सिंहदरबारमा वार्ता शुरू भएको हो । वार्तामा दुवै पक्षबाट दोस्रो तहका प्रभावशाली नेताहरू समेत सहभागी छन् ।  साँझ ६ बजे सुरु हुने भनिएको वार्ता झण्डै पौने ७ बजेदेखि सुरु भएको हो । वार्तामा ओली पक्षबाट विष्णु पौडेल, सुवास नेम्वाङ लगायतको सहभागिता रहेको छ भने नेपाल पक्षबाट घनश्याम भुसाल,  गोकर्ण विष्ट लगायत सहभागी छन् ।  ओली र नेपालबीच बिहीवार क्याप्टेन रामेश्वर थापाको ...

ओली–नेपाल वार्ता : के थियो ओलीको अफर ?

काठमान्डाैं / नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । काठमाडौंको होटेल म्यारियटमा बिहीबार ओली र नेपालबीच ‘वान टु वान’ छलफल भएको हो । दुई नेताबीच बुधबारसमेत छलफल भएको थियो । तर, दुवै नेता आ–आफ्नै अडानमा अडिग भएपछि कुनै सहमति जुट्न सकेन ।... The post ओली–नेपाल वार्ता : के थियो ओलीको अफर ? appeared first on Purbeli News.

यसकारण फलदायी भएन ओली–नेपाल वार्ता

काठमाडौँ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच दुई दिनसम्म चलेको वार्ता विना निष्कर्ष सकिएको छ । वार्ता फलदायी नभएको नेता नेपालले प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री ओलीले पनि माधव नेपालसँगको सम्वाद सकारात्मक दिशामा अघि नबढेको प्रतिक्रिया बिहीबार बिहानै दिइसकेका थिए ।‘हाम्राविरुद्ध कति गरे ? यति उपद्रो गर्दा र अर्को पार्टी खोलेर हिँड्दा पनि अहिलेसम्म हामीले कारबाही नगरेर सम्झाई–बुझाई गर्ने प्रयास गरिरहेका छौँ,’ बिहीबार नेपाल कम्युनि

सकियो ओली-नेपाल वार्ता

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष र नेता माधवकुमार नेपालबीच मेरियट होटलमा दोस्रो दिन भएको वार्ता सकिएको छ।

ओली-नेपाल वार्ता सम्पन्न

काठमाडौं। नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेपालसँगको छलफलबाट बाहिरिएका छन्। आज दुवै नेताबीच दोस्रो दिन छलफल भएको हो। छलफलको निष्कर्ष के रह्यो भन्ने कुरा भने आउन बाँकी छ।

ओली-नेपाल वार्ता सकियो

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । वुधबार साँझ मेरियट होटलमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटवार्ता सकेर दुवै नेताहरु बाहिरिएका छन् । उनीहरुबीच के के कुराकानी भयो भन्नेबारे केही खुलेको छैन । दुवै जनाले सञ्चारकर्मीलाई प्रतिक्रिया दिन चाहेनन् । उनीहरुबीच करिब डेढ घण्टा... The post ओली-नेपाल वार्ता सकियो appeared first on Purbeli News.

ओली–नेपाल वार्ता : होटल मेरियट परिसरमा जे देखियो (तस्बिरहरु)

सत्तारुढ नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । काठमाडौंस्थित होटल मेरियटमा बुधबार साँझ करिब साढे दुई घण्टा प्रधानमन्त्री ओली र नेपालबीच वान टू वान वार्ता भएको हो । पार्टी अध्यक्ष ओलीले माधवकुमार नेपालसहित २७ जना प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेको भोलिपल्ट दुई नेताबीच वार्ता भएको छ । सत्तारुढ दल नेकपा एमालेमा भित्रको विवाद उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच भएको वार्त

ओली-नेपाल वार्ता सकारात्मक

काठमाडौं, ८ बैशाख। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको भेटवार्ता सकारात्मक भएको छ । भर्खरै सम्पन्न एक्लाएक्लै भेटवार्ता अत्यन्तै सकारात्मक भएको प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोतिलाल दुगडले जानकारी दिएका छन् । ओली-नेपाल एक्लाएक्लै भेटवार्ता सम्पन्न, माधव नेपालले मिडियालाई प्रतिक्रिया दिएनन्  ओली-नेपाल वान-टु-वान भेटवार्ता, ओलीसामू माधव नेपालले राखे यस्तो […]