राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजन : उपाध्यक्ष पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा परिणत भएको दाबी गरेका छन् । शनिवार काठमाडौंको विश्वशान्ति चिरन मिलन क्याम्पसको रजत जयन्तीको अवसरमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् । उनले राष्ट्रिय राजनीति दुई पोलमा ध्रुवीकरण हुनु दुर्भाग्य भएको बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलले नेकपा एमालेले एउटा ध्रुवको राजनीति जनताको साथ लिएर जनताको हकहितका लागि गरेको र अर्को ध्रुवको राजनीति गठबन्धनले आफ्नो स्वार्थपूर्तिका लागि गरिरहेको बताए ।वरिष्ठ उपाध्यक्ष पोखरेल

सम्बन्धित सामग्री

राष्ट्रिय राजनीति दुई ध्रुवमा बाँडियो : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ– एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा बाँडिएको बताएका छन् । शुक्रबार दसैँका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले राजनीतिको एउटा ध्रुव एमाले र अर्को ध्रुव गठबन्धनले नेतृत्व गरेको बताएका हुन् । देश बनाउने सपनाको नेतृत्व ध्रुव एमालेले गरेको उनको दाबी छ । उनी आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा […]

सामाजिक काममा सक्रिय युवाहरुलाई पार्टीले प्रोत्साहन गर्छ : उपाध्यक्ष पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखेरेलले सामाजिक काममा सक्रिय युवाहरुलाई पार्टीले प्रोत्साहन गर्ने प्रतिवद्धता जनाएका छन् । राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटी क्षेत्र नम्बर ५ ले महाराजगञ्जमा आयोजना गरेको रक्तदान कार्यक्रममा पूर्वउपप्रधानमन्त्री समेत रहेका उपाध्यक्ष पोखरेलले परोपकारमा युवाको सक्रियता प्रशंसनीय काम भएको बताए । उनले भने, ‘राजनीति पनि देश र जनताको […]