साँखु फाँटमा रोपाई रौनक : हिलो छ्याप्दै, गाउदै र नाच्दै…

यसपटक पानी पर्ने क्रम छिटो शुरु भयो। यो सँगै देशका विभिन्न स्थानमा धान रोपाई शुरु भएको छ। विशेष गरी असारलाई रोपाईको महिना भनिएपछि काठमाडौं उपत्यका वरपर र पानी भएका खेतमा जेठबाटै रोपाई शुरु हुनेगर्छ। यसै क्रममा काठमाडौंको साँखु क्षेत्रमा पनि धान रोपाई शुरु भएको छ। सोमवार रोपाईमा व्यस्त खेतालाहरु कोरोना…

सम्बन्धित सामग्री

ददिकादोको रौनक (तस्बिरहरू)

पूर्वी नेपालका झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने आदिवासी राजवंशी समुदाय बिहीबार हिलो खेल्ने पर्व अर्थात् ददिकादोमा रमाए ।

रोपाँईमा युवाको उल्लास: फोटोमा हेर्नुहोस असार १५ को रौनक

ललितपुर ।  ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादन वृद्धि’ मूल नाराका साथ देशैभरि २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ । राष्ट्रिय धान दिवसका अवसरमा ललितपुरको खुमलटारस्थित कृषि अनुसन्धान केन्द्रले शुक्रवार आयोजना गरेको रोपाइँ कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसाल धान रोपाइँमा सहभागी भएका छन् । बूढादेखि तन्नेरीसम्म रोपाइँमा सहभागी थिए । उनीहरूको अनुहारमा हाँसो देखिन्थ्यो । रोपाइँ चलिरहँदा झरी पर्यो । तर युवाहरुले रमाइलो गरी हिलो हिलो छ्याप्दै धान रोपे । ‘मानो रोपेर मुरी फलाउने’ दिनका रूपमा पनि यो धान दिवस तथा रोपाइँ महोत्सवका रूपमा मनाउने गरेको छ । यो दिवसका दिन अधिकांश स्थानमा रोपाइँ  शुरूआत गर्ने गरेको पाइन्छ । खेतमा रोपाइँ गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि मनाउने गरिएको छ । तस्वीरहरू: सुनिल शर्मा / आर्थिक अभियान

हरायो रोपाइँको रौनक : न देखियो हलगोरु, न सुनियो असारे भाका

म्याग्दी :  असारै खाउँला दुधिलो मकै, साउनमा खाउँला खिर,घरमा छैन शितलु वचन, मनमा छैन थिर।छुपुमा छुपु खेतमै रोपुँ, हातको बीउ छउञ्जेलजे खानु खाइयो, जे लाउनु लाइयो बाबाको ज्यू रहुञ्जेललोकगायिका हरिदेवी कोइरालाले गाएका यी गीतका हरफ अब रोपाइँका बेला खेतका गह्रामा रोपाहारका मुखबाट सुनिन छोडेका छन्। रोपाइँमा दिनभर थाकेका बाउसे र रोपाहार एक अर्कामा हिलो छ्यापछ्याप गरी गीत गाउँदै दुखकष्ट र थकाइ बिर्सन्थे। खेतका गह्रा, खोलानाला र खहरेबाट झरेको पानीको छङछङ आवाजसँगै असारे भाका गाउँदा सुन्नेहरू

टोखामा रोपाइँको रौनक (२५ तस्बिर)

काठमाडौं । राष्ट्रिय धान दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । यो दिन दहीचिउरा खाने र रोपाइँसँगै रमाइलो गर्ने गरिन्छ । काठमाडौंको टोखामा पनि स्थानीयले रोपाइँ र रमाइलो गरे । महिलाहरूले नेवारी पहिरनमा सजिएर असारे गीत गाएका थिए । रोपाइँसँगै हिलो खेलिएको थियो । त्यहीँ दहीचिउरा पनि खाइयो । थप तस्बिर हेर्नोस्–

साँखुमा रोपाइँको रौनक (तस्बिरहरू)

काठमाडौं । मनसुन नजिकिएसँगै रोपाइँ गर्न थालिएको छ । किसानहरू खेततिर व्यस्त हुन थालेका छन् । बिहीबार काठमाडौंको साँखुमा किसानहरू रोपाइँमा व्यस्त देखिन्थे । रोपाइँका क्रममा उनीहरू एकअर्कालाई हिलो छ्यापेर रमाइलो पनि गरिरहेका थिए । तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी

खुलामञ्चमा सिरुवा पर्वको रौनक (फोटो फिचर)

काठमाडौं : तराई क्षेत्रमा बसोबास गर्ने राजवंशी, थारू, गनगाई, ताजपुरिया, माझीलगायतका आदिवासी जातिहरूले धुमधामका साथ सिरुवा पर्व मनाउँदैछन्। तराईका आदिवासी समुदायले आफ्नो परम्परामध्ये विशेष पर्वका रुपमा मनाउँदै आएको यो पर्व तीन दिनसम्म मनाउने प्रचलन छ।जसमध्ये पहिलो दिन (वैशाख १ गते) जल शिरुवा, २ गते काद शिरुवा र ३ गते रंग शिरुवा खेल्ने गरिन्छ। बिहीबार काठमाडौंस्थित खुलामञ्चमा हिलो छ्यापाछ्याप गरेर शिरुवा पर्व मनाएका छन्। केही तस्वीर झलक :

मिथिलाञ्चलमा जुडशीतलको रौनक

मिथिलाञ्चल क्षेत्रको महत्त्वपूर्ण पर्व जुडशीतल बिहीबार मनाइने भएको छ । यो पर्व नयाँ वर्षको भोलिपल्ट हिलो र पानी छ्यापेर मनाइने गरिन्छ । यस दिन परिवारका ज्येष्ठ सदस्यले कान्छोलाई टाउकोमा पानी छ्यापेर आशीर्वाद दिन्छन् ।

पूर्वी तराईमा सिरुवाको रौनक

नयाँ वर्षको आरम्भसँगै पूर्वी तराईका आदिवासी राजवंशी, ताजपुरिया, धिमाल, गन्गाई, थारु लगायत समुदायका मानिसहरूले पानी, हिलो र रंग खेलेर सिरुवा पर्व मनाएका छन्। तस्बिर: उमाकान्त खनाल