चेम्बर अफ कमर्सद्वारा बाढी पीडितलाई राहत सामग्री सहयोग

नेपाल चेम्बर अफ कमर्सले सिन्धुपाल्चोक तथा मनाङ जिल्लाका बाढी पीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ । चेम्बरले त्रिपाल, चामल, नून, चिउरा, मस्यौरा तथा दाललगायतका सामग्री उपलब्ध गराएको हो । उक्त राहत सामग्री मनाङका लागि काठमाडौंस्थित मनाङ समाज सेवा समितिका कोषाध्यक्ष चुयुङ गुरुङ र हेलम्बु तथा मेलम्चीका बाढी पीडितका लागि सिन्धुपाल्चोक चेम्बर अफ कमर्सका अध्यक्ष […]

सम्बन्धित सामग्री

नमस्ते ग्रुपले दियो १०५ घरधुरीलाई राहत सामग्री

जेठ २७, चितवन । चितवनका युवा व्यवसायी तथा पेशाकर्मीको समुह नमस्ते ग्रुपले १०५ ओटा घरधुरीलाई राहत सामग्री वितरण गरेको छ ।  भरतपुर महानगरपालिका-२ स्थित आँपटारीको सुकुम्बासी वस्तीमा उक्त ग्रुपले बिहीवार राहत सामग्री वितरण गरेको हो । ग्रुपले मागेर पनि खान नसक्ने, असहाय, अपांग, बृद्धबृद्धालाई लक्षित गरी चामल,तेल, नुल, दाल तथा सोयाविन दिएको हो । कोरोना महामारीको बेला सामाजिक उत्तरदायित्व बहन गर्दै राहत सामग्री वितरण गरिएको ग्रुपले जानकारी दिएको छ ।  हस्तान्तरण कार्यक्रममा बोल्दै ग्रुपका संयोजक दिपेश श्रेष्ठले शहरको आडैमा  रहेर पनि कोरोना महामारीका बेला हालसम्म यो वस्तीमा कसैको आँखा नपरेकोले सहयोग गरिएको बताए । ‘बत्तीमुनिको अध्याँरो उक्त वस्तीमा धेरै मानिसहरु भोकै रहेको भन्ने हामीले थाहा पायौं’, उनले भने, ‘उहाँहरुको दैनिक जीवन यापन गर्न केही सहज होस भन्ने हेतुले रहात वितरण गरेका हौं ।’ उनका अनुसार हाल उक्त वस्तीमा ३०० भन्दा बढी सुकुम्बासी घरधुरी रहेपनि आगामी दिनमा क्रमश : अन्य घरधुरीलाई पनि वितरण गर्दै लैजाने बताए ।  सो क्रममा बोल्दै चेम्बर अफ कमर्स, चितवनका उपाध्यक्ष गोपाल भट्टराईले व्यवसायी आफैमा मर्कामा परेको बेला नमस्ते ग्रुपका सबै साथीबाट स्वेच्छाले रकम संकलन गरी राहत सामाग्री वितरण गरिएको जानकारी दिए । आगामी दिनमा नमस्ते ग्रुपले व्यवसाय संगै सामाजिक सेवाका कार्यलाई पनि निरन्तरता दिंदै जाने उनको भनाइ छ ।  गतसाता मात्र पोल्ट्री व्यवसायी रानाभाटले आफ्नो जन्मदिनको अवसरमा सोही वस्तीका १५ घरधुरीलाई रकम वितरण गरेका थिए ।  वितरण कार्यक्रममा पोल्ट्री व्यवसायी मनोज रानाभाट, ज्ञानेन्द्र श्रेष्ठ, चेम्बर सदस्य रुवीन रामुदामु लगायत ग्रुपका अन्य  सदस्यहरु चिकित्सक, इञ्जिनीयर, कानून व्यवसायी लगायतको सहभागिता रहेको थियो । नमस्ते ग्रुप ३१ जना विभिन्न उद्योगी व्यवसायी तथा पेशाकर्मीहरुलाई समेटेर स्थापना गरिएको समूह हो ।