राष्ट्रिय सभा निर्वाचनमा प्रचार प्रसारका लागि साढे ३ लाख रुपैयाँ खर्च गर्न पाउने

पुस २१, काठमाडौं। राष्ट्रिय सभा निर्वाचनका लागि एक उम्मेदवारले बढीमा ३ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने निर्वाचन आयोगले जनाएको छ। आगामी माघ १२ गते हुने निर्वाचनका लागि उम्मेदवारहरुले प्रचार प्रसार, सवारी साधन, भेला गोष्ठी लगायतका विभिन्न शीर्षकमा गरि ३ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने छन्। उम्मेदवारले सबैभन्दा धेरै खर्च गर्न पाउने शीर्षकमा गोष्ठी तथा अन्तरक्रिया रहेको छ। जसमा १ लाख रुपैयाँ खर्च गर्न पाउने छन्। सवारी साधन खरिद वा भाडामा लिन र त्यसमा लाग्ने इन्धनको लागि ८० हजार रुपैयाँ खर्च गर्न पाउने छन्। कार्यालय सञ्चालनका लागि ७० हजार रुपैयाँ खर्च गर्न पाउने छन् भने प्रतिनिधि परिचालनर विविध शीर्षकमा ६० हजार रुपैयाँ खर्च गर्न पाउने छन्। विद्युतीय तथा छापा माध्याममा समेत गरेर प्रचार प्रसारमा २९ हजार रुपैयाँ खर्च गर्न पाउने छन्। १ हजार रुपैयाँ भने मतदाता नामावली खरिद गर्न खर्च छुट्ट्याइएको छ।  

सम्बन्धित सामग्री

राष्ट्रिय सभा उम्मेदवारका लागि खर्च सीमा ३ लाख ५० हजार रुपैयाँ

निर्वाचन आयोगले माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारका लागि खर्चको सीमा तोकेको छ । आयोगले राष्ट्रिय सभा निर्वाचन नियमावली-२०७६ अनुसार सदस्यका लागि उम्मेदवारले विभिन्न शीर्षकमा ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने गरी सीमा निर्धारण गरेको छ ।